युगाण्डाबाट प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता « Khabarhub

युगाण्डाबाट प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता


७ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन् ।

युगाण्डामा आयोजित असंलग्न राष्ट्रहरूको आन्दोलनको १९औँ शिखर सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री दाहाल आज बिहान स्वदेश आइपुगेका हुन् ।

युगाण्डाबाट नेपाली समयानुसार आज बिहान पौने ३ बजे कतारको दोहा अवतरण गरेका प्रधानमन्त्री बिहान सवा ९ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्  ।

सो सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल गत बुधबार युगाण्डाको राजधानी कम्पाला पुगेका थिए ।

यसैबीच, प्रधानमन्त्री दाहालको स्वदेश फिर्तीको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्य उडान र अवतरण आधा घण्टाको लागि बन्द गरिएको थियो ।

 

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ९ : ३६ बजे

म्यादी प्रहरीको पोसाक खरिद छानबिनः १९ बुँदे कार्यविधि पारित

काठमाडौँ – निर्वाचन (म्यादी) प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी

भोटेकोशी–कालीगण्डकी करिडोर अध्ययन समितिको सभापतिमा पौडेलको मात्रै उम्मेदवारी

काठमाडौँ- राष्ट्रियसभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन

भ्यानको ठक्करबाट ४५ वर्षीया गुप्ताको मृत्यु

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन (भ्यान)ले ठक्कर दिँदा

भूमि र वन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने

काठमाडौं– सरकारले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र