स्पेनिस ला लिगा : जिरोना शीर्षस्थानमा « Khabarhub

स्पेनिस ला लिगा : जिरोना शीर्षस्थानमा


८ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा जिरोना शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा सेभिल्लालाई ५–१ गोलले हराउँदै जिरोना शीर्षस्थानमा उक्लिएको हो ।

जिरोनाका लागि आर्टेम डब्बीकले ह्याट्रिक गरेको खेलमा भिक्टर त्यह्यान्कोभ र क्रिस्टियन स्टुआनीले एक–एक गोल गरेका थिए । यस्तै, सेभिल्लाका इसहाक रोमेरो बर्मालले एक गोल गरेका थिए ।

खेलमा सेभिल्लाका रोमेरोले १०औँ मिनेटमा सुरुवाती गोल गरेका थिए । त्यसपछि जिरोनाका आर्टेमले १३औँ, १५औँ१९औँ मिनेटमा गोरेका थिए । यस्तै, जिरोनाकै  भिक्टरले ५६औँ मिनेट तथा स्टुआनीले ८९औँ मिनेटमा गोल गर्दै टोलीलाई ५–१ गोलको जित दिलाए ।

यो जितसँगै जिरोना २१ खेलबाट ५२ अंक जोडेर तालिकाको शीर्षस्थानमा रहेको छ । एक खेल कम खेलेको रियल मड्रिड ५१ अंकका साथ दोस्रो स्थानमा छ । पराजित भएको सेभिल्ला १६ अंकसहित १७औँ स्थानमा छ ।

 

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ७ : १२ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार