स्पेनिस ला लिगा : जिरोना शीर्षस्थानमा « Khabarhub

स्पेनिस ला लिगा : जिरोना शीर्षस्थानमा


८ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा जिरोना शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा सेभिल्लालाई ५–१ गोलले हराउँदै जिरोना शीर्षस्थानमा उक्लिएको हो ।

जिरोनाका लागि आर्टेम डब्बीकले ह्याट्रिक गरेको खेलमा भिक्टर त्यह्यान्कोभ र क्रिस्टियन स्टुआनीले एक–एक गोल गरेका थिए । यस्तै, सेभिल्लाका इसहाक रोमेरो बर्मालले एक गोल गरेका थिए ।

खेलमा सेभिल्लाका रोमेरोले १०औँ मिनेटमा सुरुवाती गोल गरेका थिए । त्यसपछि जिरोनाका आर्टेमले १३औँ, १५औँ१९औँ मिनेटमा गोरेका थिए । यस्तै, जिरोनाकै  भिक्टरले ५६औँ मिनेट तथा स्टुआनीले ८९औँ मिनेटमा गोल गर्दै टोलीलाई ५–१ गोलको जित दिलाए ।

यो जितसँगै जिरोना २१ खेलबाट ५२ अंक जोडेर तालिकाको शीर्षस्थानमा रहेको छ । एक खेल कम खेलेको रियल मड्रिड ५१ अंकका साथ दोस्रो स्थानमा छ । पराजित भएको सेभिल्ला १६ अंकसहित १७औँ स्थानमा छ ।

 

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ७ : १२ बजे

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ

बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोष्टदेखि

दाङमा ग्यास वितरणका लागि नयाँ व्यवस्था

दाङ– दाङमा खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको