राष्ट्रियसभा निर्वाचन : कोशीमा एमाले र राप्रपाको मिलन (सहमति पत्रसहित) « Khabarhub

राष्ट्रियसभा निर्वाचन : कोशीमा एमाले र राप्रपाको मिलन (सहमति पत्रसहित)


८ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


612
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको तालमेल गर्ने सहमति भएको छ । 

उनीहरूबीच कोशीमा राप्रपाका उम्मेदवार उद्धव पौडेल र एमालेकी रुक्मिणी कोइरालालाई जिताउने सहमति भएको हो । 

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले खबरहबसँग भने, ‘हामी दुवै पार्टीबीच लिखित सहमति भएको छ ।’

राप्रपाको तर्फबाट कोशी प्रदेश अध्यक्ष राम थापा र एमालेका तर्फबाट कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

कोशीमा आफ्नो राजनीति सुरक्षित बनाउन एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन दुवैलाई एक अर्काको साथ चाहिएको छ । यसअघि पनि झापामा ओलीको निर्वाचन क्षेत्रमा राप्रपाले सहयोग गर्दै आएको छ भने लिङदेनको क्षेत्रमा एमालेले राप्रपालाई सघाउँदै आएको छ ।

कोशी प्रदेशमा एमाले र राप्रपा मिल्दा पनि गठबन्धनको मतभार केही बढी देखिन्छ । तर, कांग्रेसभित्र अन्तरघात भएमा कृष्ण सिटौला जोखिममा पर्न सक्छन् ।

कोशीमा गठबन्धन दलसँग ५ हजार ४३६ मतभार छ । यता एमालेसँग ४ हजार २४८ मात्रै मत छ । राप्रपासँग ३ सय ९४ र स्वतन्त्रसँग ५७ मतभार छ । एमाले, राप्रपा र स्वतन्त्रको सबै जोड्दा पनि गठबन्धनको भन्दा कमै हुन्छ ।

यो पनि…

राष्ट्रियसभा निर्वाचन : कृष्ण सिटौला कति सुरक्षित ?

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ७ : ४८ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका