चीनमा पादरीलाई १४ वर्षको कारावास « Khabarhub

चीनमा पादरीलाई १४ वर्षको कारावास


८ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनमा इसाई गिर्जाघरका एक जना पादरीलाई १४ वर्षको जेल सजाय सुनाइएको छ । चीनको गान्जिङ्झी जिल्ला जनअदालतले डालियनका पादरी कान सियाओङलाई १४ वर्षको जेल सजाय सुनाएको हो ।

उनीसँगै अदालतले उनकी श्रीमती वाङ फेङयीङलाई पनि चार वर्षको कारावास सजाय सुनाएको छ । त्यसैगरी, उनका साझेदार चु सिन्युलाई १० वर्ष र अन्य तीन सहकर्मीलाई समान तीन वर्षको सजाय तोकिएको छ ।

अवैध व्यवसायिक अभ्यास गरेको आरोपमा उनीहरुलाई यस्तो सजाय दिइएको बिटर विन्टरले उल्लेख गरेको छ ।

राष्ट्रपति सी जिन्पिङको कार्यकालमा चीनमा धार्मिक संगठनहरुप्रति अनुदार व्यवहार हुने गरेको आरोप लागिरहेको बेला पछिल्लो घटना सार्वजनिक भएको हो । चीनले सरकार सञ्चालित ‘तीन आत्म चर्च’ मा संलग्न नहुने सबै प्रोटेस्टेन्ट चर्चहरुमाथि दमन गर्ने गरेको आलोचकहरु बताउँछन् ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ४ : ०९ बजे

रविलक्ष्मी भेट्न डल्लु पुगे प्रचण्ड र माधव

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

‘सतिसाले गोल्डकप’को उपाधि इन्ट्रा पथरी–११ लाई

मोरङ– दोस्रो ‘सतिसाले गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले

शीतलहरबाट सिरहामा जनजीवन प्रभावित

सिरहा– शीतलहरका कारण सिरहामा जनजीवन प्रभावित भएको छ । चिसो

पत्रकार सम्मेलन गरेर सय दिनको प्रगति सार्वजनिक गर्दै मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग