अर्थतन्त्र लयमा फर्किंदैछ : अर्थमन्त्री « Khabarhub

अर्थतन्त्र लयमा फर्किंदैछ : अर्थमन्त्री


८ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

बारा – अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र बिस्तारै लयमा फर्किंदै गएको बताएका छन् । आज महागढीमाई नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्दै मन्त्री महतले कोरोनाको बेलामा आफूले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाँदा मुलुकको अर्थतन्त्र बिग्रिएको र पछिल्लो समय सुधार भइरहेको बताए ।

अर्थमन्त्री डा महतले नेपाल र भारतको सिमानामा रहेका बाराका केही नाकाहरु खुलाउने विषयमा दुवै देशको अधिकारीहरुसँग चाँडै संवाद गर्ने बताए ।

निजगढ विमानस्थल निर्माणका लागि लगानी जुटाउने काम तीव्ररुपमा अगाडि बढाएको भन्दै मन्त्री महतले विमानस्थल बन्नेमा शङ्का नगर्न सबैलाई आग्रह गरे । सुनकोशी मरिन डाइभर्सन मधेसको लाइफलाइन भएको हुँदा त्यसको निर्माण अन्तिम चरणमा पुगिसकेको बताउँदै मन्त्री महतले सो डाइभर्सनले मधेसको प्रायः सबै जिल्ला सञ्चित हुनेमा आफू आशावादी रहेको प्रस्ट पारे ।

महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसिया, मधेस प्रदेशका उपसभापति चन्द्रशेखर कुमार यादव, प्रदेश सांसद श्याम पटेल, पूर्वराष्ट्रियसभाका सदस्य रमेश यादव, जिल्ला सचिव भैयाराम यादवलगायतले आफ्नो विचार व्यक्त गरेका थिए ।

मन्त्री महतले आजै सिम्रौनगढमा रहेको छोटी भन्सारको अवलोकन गर्दै चाँडै नै भन्सार खुलाउनका लागि पहल गर्ने बताएका थिए । उनले आजै स्वर्ण गाउँपालिका कबहीगोठस्थित रहेको सनफुलवा नाकासमेत निरीक्षण गरे।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  १० : ५९ बजे

वायु सेवा निगममा रिक्त पाँच सञ्चालक सदस्यका लागि सूचना आह्वान

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगममा

नेपाल–भारत सीमा भन्सार नीतिविरुद्ध काठमाडौंमा प्रदर्शन

काठमाडौं– नेपाल–भारत सीमा क्षेत्रमा १०० रुपैयाँभन्दा माथिका सामानमा भन्सार कर

रसुवाको नौकुण्ड गाउँपालिकामा चारवटा पक्की पुल निर्माण

रसुवा– दक्षिणी रसुवाको नौकुण्ड गाउँपालिकाका विभिन्न चार स्थानमा पक्की पुल

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

भक्तपुर– भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज बा४ख ३१५६ नम्बरको टिपरले

मुख्यमन्त्री बानियाँले भने : मलाई थाहा नदिई घर र कार्यालयमा छापा मारिँदा मेरो चरित्रमा असर गर्‍यो

हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो निवास र कार्यालयमा