सेतो मछिन्द्रनाथको सौन्दर्य (फोटो फिचर)  « Khabarhub

सेतो मछिन्द्रनाथको सौन्दर्य (फोटो फिचर) 



काठमाडौं –वर्षा र सहकालका देवता मानिने सेतो मछिन्द्रनाथ ‘आर्याअवलोकितेश्वर’ को मूर्तिमा रङ्गरोगन सुरु भएको छ ।  

काठमाडौंको असन नजिकै रहेको जनबहालमा वर्षा र सहकालका देवता मानिने ‘आर्याअवलोकितेश्वर’ को मूर्तिको रंगरोगन सुरु भएको हो । 

पुस शुक्ल सप्तमीका दिनमा सभा भक्तिमा बाजागाजा सहित मछिन्द्रनाथको प्रतिमा पूजा गरी अष्टमी तिथिको दिन महास्थानमा नुहाएपछि मेटिएको रंग पुर्नस्थापना गर्नका लागि रंगरोगन गरिने स्थानीय नरेन्द्र चित्रकार बताउँछन् । नवमी देखि पूर्णिमा सम्म रङ्गरोगन गरिने उनको भनाइ छ ।  नेवारी भाषामा सेतो मच्छिन्द्रनाथमा रंगरोगन गर्नुलाई ‘लम्फुछ्यागु’ भनिन्छ । 

सेतो मछिन्द्रनाथको महत्व 
सेतो मछिन्द्रनाथलाई काठमाडौंको नेवार समुदाय आयुको देवता मान्दछ । चित्रकार भन्छन, ‘आफ्नो आयु रहुन्जेल दुख पिडा नहोस् भनेर सेतो मछिन्द्रनाथको पूजा गरिन्छ ।’ कोही बिरामी हुँदा स्वास्थ्य लाभको लागि पूजा गर्न आउने हुँदा यसलाई ‘आर्या भो लोकेश्वर’ भनिने उनी बताउँछन् । 

सेतो मछिन्द्रनाथलाई कसैले पनि छुन भने मिल्दैन । असनका एक स्थानीय भन्छन, ‘हामी शुद्ध नेवारी समुदाय भए पनि गुरुजु (शाक्य बज्राचार्य) बाहेक अरु कसैले पनि सेतो मछिन्द्रनाथलाई छुनु हुँदैन ।’ अहिले ‘आर्याअवलोकितेश्वर’ को मूर्तिमा रंगरोगनका लागि बाहिर ल्याएको उनले बताए । 

सेतो मछिन्द्रनाथको दर्शन गरे सुख, सुस्वास्थ्य, दीर्घायु तथा आर्थिक उन्नति हुने विश्वास रहेको स्थानीयवासिन्दा रत्न केशरी श्रेष्ठ बताउँछिन् ।

उनी भन्छिन् ‘सेतो मच्छिन्द्रनाथको रङ्गरोगनपछि मानिसको जस्तो १० कर्मको संस्कार पूर्णिमासम्म जारी रहन्छ र र पूर्णिमाको दिन सेतो मच्छिन्द्रनाथको मूर्तिलाई नयाँ पहिरन लगाइदिने काम हुन्छ।’  

सेतो मच्छिन्द्रनाथको मूर्तिलाई रङ्गरोगन गर्न बाहिर निकालेको सेतो मच्छिन्द्रनाथको नित्य पूजा भने मूर्तिको साटो कलशमा हुने गर्छ । त्यसकारण यस समय भगवानको जीवन्यास शक्ति सबै भित्र सेतो खाँडा राखेर कलश राखिने स्थानीय प्रकाश महर्जन बताउँछन् । 

उनी भन्छन् ‘पूर्णिमाको दिन रङ्गरोगन र शृङ्गार अनि दश कर्मको विधि सकिएपछि मूर्तिमा प्राण प्रतिष्ठा गरिन्छ र बल्ल मन्दिरको यथास्थानमा राखिन्छ । त्यसपछि यो मूर्ति सेतो मच्छिन्द्रनाथको रथयात्रा हुने दिन बल्ल यहाँबाट निकाली जमल लगिन्छ ।’  सेतो मछिन्द्रनाथलाईक रुणामय, कसैले लोकेश्वर, महादेवको रूपमा पनि व्याख्या गर्ने गरेको उनी बताउँछन् । 

मछिन्द्रनाथले सबै प्राणी जगतको रक्षा गर्छु भनेर कहिले पनि नबसी उभिएको कारणले  सुरक्षाको लागि भगवान् बुद्ध मछिन्द्रनाथको सिरमा आएर बस्नु भएको नरेन्द्र चित्रकार बताउँछन् ।  

 

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ४ : १३ बजे

फिफाको लगानी योजना अवसर मात्र : इन्फान्टिनो

पेरिस– अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले फिफाको

सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय

काठमाडौं– राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा अवस्थाको

देवानगञ्ज प्रकरण : गोली लागेका अर्का २२ वर्षीय युवकको उपचारका क्रममा मृत्यु 

इनरूवा– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार राति प्रहरीको गोली लागेर

रास्वपा सभापतिले गरे मधेसका नेतासँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेसका नेताहरूसँग छलफल

जापान भूकम्प अपडेट : २८ जनाको मृत्यु, उद्धार प्रयास जारी

कुमामोटो– जापानका आपतकालीन उद्धारकर्मीहरुले भुकम्पले भत्कीएको सपिङ्ग मलबाट जिवित मानिसलाई