दिल्लीमा बाक्लो कुहिरो र चिसोको कारण उडान र रेल सेवा प्रभावित « Khabarhub

दिल्लीमा बाक्लो कुहिरो र चिसोको कारण उडान र रेल सेवा प्रभावित


९ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- बाक्लो कुहिरो तथा प्रतिकूल मौसमका कारण मङ्गलबार भारतको राजधानी दिल्ली आउने – जाने उडान तथा रेलको आवागमन प्रभावित भएको छ ।

दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल हुँदै प्रवाहित हुने सेवा राजधानी दिल्लीलाई कुहिरोले ढाकेका कारण उडानमा ढिलाइ भएको छ । यसैगरी, दिल्ली जाने २८ वटा लामो दूरीका रेलहरू पनि निर्धारित समय भन्दा ढिला सुरु गरिएको छ । भारतीय मौसम विज्ञान विभागका अनुसार दिल्लीमा न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस र अधिकतम १८ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ ।

यद्यपि, मङ्गलबार बिहान दिल्लीमा रेकर्ड गरिएको न्यूनतम तापक्रम ६.९ डिग्री सेल्सियस थियो । उत्तर रेलवेका अनुसार हावडा –नयाँ दिल्ली राजधानी एक्सप्रेस, राजेन्द्रनगर –नयाँ दिल्ली राजधानी एक्सप्रेस, डिब्रुगढ–नयाँ दिल्ली राजधानी एक्सप्रेस, बेङ्गलोर–निजामुद्दीन राजधानी एक्सप्रेस, आजमगढ–दिल्ली जेएन कैफियत एक्सप्रेस, बनारस–नयाँ दिल्ली एक्सप्रेस र कटिहार–अमृतसर आम्रपाली एक्सप्रेस सहित २८ वटा रेलहरू २ देखि ६ घण्टासम्म ढिलो गरी सञ्चालनमा आएका थिए ।

आइएमडीले जनवरी २७ र २८ सम्म मध्यम खालको कुहिरो लाग्ने पूर्वानुमान गरेको छ । दिल्लीमा निरन्तर शीतलहर जारी रहँदा मङ्गलबार मानिसहरू आगोको वरिपरि बसिरहेका देखिन्थे । यसैबीच, आइएमडीका अनुसार जनवरी २६ को बिहानसम्म पन्जाब, हरियाणा, चण्डीगढ र उत्तर प्रदेशका केही भागहरूमा बिहानदेखि बाक्लो कुहिरो रहने सम्भावना छ ।

यसअघि सोमबार, आइएमडीले जम्मु डिभिजन, दिल्ली, पश्चिम उत्तर प्रदेश र झारखण्डमा कुहिरोले प्रभाव पारेको थियो । भारतका विभिन्न स्थानमा बाक्को कुहिरो र हुस्सुले दृष्यता कम अनुभव भएको छ ।

जम्मु डिभिजनले पाँच सय मिटर दृश्यता रहेको उल्लेख गरेको छ भने पटियालाले ५० मिटर मात्र दृश्यता रेकर्ड गरेको छ । यसैगरी उत्तर प्रदेशको वाराणसी र प्रयागराजले क्रमशः २५ र ५० मिटरको दृश्यता रहेको छ ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ३ : ०९ बजे

आज सेना दिवस : टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – नेपाली सेनाले आफ्नो स्थापनाको २६३ औँ वार्षिकोत्सव आज

महाशिवरात्रि : पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन

विश्वकपमा दक्षिण अफ्रिकाको लगातार तेस्रो जित : न्युजिल्यान्ड सात विकेटले पराजित

काठमाडौं – आईसीसी विश्वकपमा दक्षिण अफ्रिकाले लगातार तेस्रो जित निकालेको

विश्वकप : आज वेस्ट इन्डिजसँग भिड्दै नेपाल

काठमाडौं– आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आइतबार नेपालले वेस्ट इन्डिजसँग

निर्वाचन १८ दिन बाँकी : आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

काठमाडौं – प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि देशभर मतदाता शिक्षा कार्यक्रम