थ्रीस्टार क्लब आहा रारा गोल्डकपको क्वार्टरफाइनलमा « Khabarhub

थ्रीस्टार क्लब आहा रारा गोल्डकपको क्वार्टरफाइनलमा


९ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

पोखरा- ललिपुरको थ्रीस्टार क्लबले पोखरामा सुरु भएको आहा रारा गोल्डकपको क्वार्टरफाइनलमा स्थान बनाएको छ ।

मंगलबार पोखरा रंगशालामा भएको खेलमा थ्रीस्टार क्लबले आयोजकको टोली साहारा क्वललाई २–१ गोलले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो । थ्रीस्टारका लागि योगेश गुरुङ र एन्जल महर्जनले एक एक गोल गर्दा साहाराका लागि आशिष गुरुङले एक गोल फर्काएका थिए ।

थ्रीस्टार क्लवले खेलको पाँचौं मिनेटमा गोल गर्दै खेलमा घरेलु टोलीविरुद्ध अग्रता बनाएको थियो । खेलको २३ औं मिनेटमा घरेलु टोलीले गोल गर्दै खेल बराबरीको स्थितिमा पु¥याएको थियो । साहाराका लागि लक्ष्मण रुचालले मैदानको दाँया भागबाट प्रहार गरेको फ्रिकिकमा आशिष गुरुङले हेड मार्फत गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काएका थिए ।

खेलको ५९ औं मिनेटमा एन्जल महर्जनले गोल गर्दै जीत दिलाएका थिए । प्रतियोगिता अन्तर्गत बुधबार त्रिभुवन आर्मी क्लब र राइजिङ स्टार फुटबल क्लबबीच खेल हुनेछ हुनेछ । प्रतियोगिताको विजेताले उपाधिसहित १२ लाख १ हजार प्राप्त गर्नेछ ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ५ : ५१ बजे

दाङमा ग्यास वितरणका लागि नयाँ व्यवस्था

दाङ– दाङमा खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको

म्याग्दीको राहुपारेको अस्थायी संरचना हटाइयो

म्याग्दी– पहिरो पीडितले बस्ती खाली गरेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुपारेको

विश्व विजेता स्पेनका कप्तान रोड्री अब बार्सिलोनामा

काठमाडौँ – स्पेनका कप्तान तथा विश्वकपका उत्कृष्ट खेलाडी रोड्री (रोड्रिगो

देशका केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरानसँग वार्ता नभएको ट्रम्पको दाबी

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हाल कुनै पनि