थ्रीस्टार क्लब आहा रारा गोल्डकपको क्वार्टरफाइनलमा « Khabarhub

थ्रीस्टार क्लब आहा रारा गोल्डकपको क्वार्टरफाइनलमा


९ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

पोखरा- ललिपुरको थ्रीस्टार क्लबले पोखरामा सुरु भएको आहा रारा गोल्डकपको क्वार्टरफाइनलमा स्थान बनाएको छ ।

मंगलबार पोखरा रंगशालामा भएको खेलमा थ्रीस्टार क्लबले आयोजकको टोली साहारा क्वललाई २–१ गोलले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो । थ्रीस्टारका लागि योगेश गुरुङ र एन्जल महर्जनले एक एक गोल गर्दा साहाराका लागि आशिष गुरुङले एक गोल फर्काएका थिए ।

थ्रीस्टार क्लवले खेलको पाँचौं मिनेटमा गोल गर्दै खेलमा घरेलु टोलीविरुद्ध अग्रता बनाएको थियो । खेलको २३ औं मिनेटमा घरेलु टोलीले गोल गर्दै खेल बराबरीको स्थितिमा पु¥याएको थियो । साहाराका लागि लक्ष्मण रुचालले मैदानको दाँया भागबाट प्रहार गरेको फ्रिकिकमा आशिष गुरुङले हेड मार्फत गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काएका थिए ।

खेलको ५९ औं मिनेटमा एन्जल महर्जनले गोल गर्दै जीत दिलाएका थिए । प्रतियोगिता अन्तर्गत बुधबार त्रिभुवन आर्मी क्लब र राइजिङ स्टार फुटबल क्लबबीच खेल हुनेछ हुनेछ । प्रतियोगिताको विजेताले उपाधिसहित १२ लाख १ हजार प्राप्त गर्नेछ ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ५ : ५१ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब