मुलुकमा कायम भ्रष्ट व्यवस्था अन्त्य गर्न आन्दोलन अपरिहार्य : कमल थापा | Khabarhub Khabarhub

मुलुकमा कायम भ्रष्ट व्यवस्था अन्त्य गर्न आन्दोलन अपरिहार्य : कमल थापा


९ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अहिले मुलुकमा कायम भ्रष्ट व्यवस्था अन्त्य गर्न आन्दोलनको विकल्प नभएको बताएका छन् । आज काठमाडौंमा आयोजित पार्टी संगठन सुदृढीकरण अभियान कार्यक्रमा बोल्दै अध्यक्ष थापाले परिवर्तन पक्षधरहरु एकै ठाउँमा उभिएर आन्दोलनमा होमिनुपर्ने बताए ।

एक्लै आन्दोलनमा जाँदा प्रभावकारी नहुने विगतको अभ्यासले पनि पुष्टि भएको भन्दै उनले निर्णायक आन्दोलनका लागि मोर्चाबन्दी जरुरी भएको विचार व्यक्त गरे ।

उनले भने, ‘एक्लाएक्लै आन्दोलन गर्ने भनाइले अप्रत्यक्ष रुपमा राजसंस्था, हिन्दुराष्ट्रको एजेन्डालाई कमजोर बनाउँछ ।’

अहिले आन्दोलनको लागि समय अनुक‍ूल भएको भन्दै थापाले मनपरितन्त्र र ब्रम्हलुटले सीमा नाघेकाले जनता अहिलेको व्यवस्था र प्रणालीबाट वाक्क दिक्क भएको समेत बताए ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ८ : ०६ बजे

इन्जुरी समयमा सालाहको गोल, लिभरपुल १–० विजयी

काठमाडौं – प्रिमियर लिगमा लिभरपुलले लगातार चौथो जित दर्ता गर्दै

एसिया कप : भारतलाई पाकिस्तानले दियो १२८ रनको लक्ष्य

काठमाडौं – एसीसी एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले भारतलाई जितका

आन्दोलनको क्रममा चोरी भएका सामग्री फिर्ता गर्न अख्तियारको अनुरोध

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भदौ २४ गते भएको

देशभर बदली, राति यी स्थानमा हुनेछ भारी वर्षा

काठमाडौं – आजदेखि देशभर मौसम बदली सुरु भई ठाउँठाउँमा भारी

चलचित्र भवन सोमबारदेखि खुल्ने

काठमाडौं – ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका चलचित्र