मुलुकमा कायम भ्रष्ट व्यवस्था अन्त्य गर्न आन्दोलन अपरिहार्य : कमल थापा « Khabarhub

मुलुकमा कायम भ्रष्ट व्यवस्था अन्त्य गर्न आन्दोलन अपरिहार्य : कमल थापा


९ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अहिले मुलुकमा कायम भ्रष्ट व्यवस्था अन्त्य गर्न आन्दोलनको विकल्प नभएको बताएका छन् । आज काठमाडौंमा आयोजित पार्टी संगठन सुदृढीकरण अभियान कार्यक्रमा बोल्दै अध्यक्ष थापाले परिवर्तन पक्षधरहरु एकै ठाउँमा उभिएर आन्दोलनमा होमिनुपर्ने बताए ।

एक्लै आन्दोलनमा जाँदा प्रभावकारी नहुने विगतको अभ्यासले पनि पुष्टि भएको भन्दै उनले निर्णायक आन्दोलनका लागि मोर्चाबन्दी जरुरी भएको विचार व्यक्त गरे ।

उनले भने, ‘एक्लाएक्लै आन्दोलन गर्ने भनाइले अप्रत्यक्ष रुपमा राजसंस्था, हिन्दुराष्ट्रको एजेन्डालाई कमजोर बनाउँछ ।’

अहिले आन्दोलनको लागि समय अनुक‍ूल भएको भन्दै थापाले मनपरितन्त्र र ब्रम्हलुटले सीमा नाघेकाले जनता अहिलेको व्यवस्था र प्रणालीबाट वाक्क दिक्क भएको समेत बताए ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ८ : ०६ बजे

रास्वपा महाधिवेशन: पदाधिकारीका चयनका लागि मतदान सुरू

भरतपुर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि मतदान सुरु

राष्ट्रियसभा : सुकुम्वासीको उचित प्रबन्ध गर्न माग

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले जनसरोकारका विभिन्न विषयमा सरकारको ध्यानाकर्षण

अन्तिमसम्म सहमतिको कोसिसमा थिए रवि, नेताहरूले भने, ‘प्रतिस्पर्धा गर्छौँ, हारे पनि पार्टी छोडेर जाँदैनौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको निर्वाचनमा एक उपसभापति, एक महिला उपसभापति,

कक्षा १२ को नतिजाको त्रुटि छानबिनको माग गर्दै राष्ट्रिय परीक्षा बोर्ड अगाडि प्रदर्शन

काठमाडौं– कक्षा १२ को नतिजा प्रकाशन र मूल्याङ्कन प्रक्रियामा त्रुटि

फिर्ता लिए पनि रञ्जु दर्शनाको उम्मेदवारी कायमै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी दिएकी रन्जु