जनतालाई केन्द्रमा राखे कांग्रेस बलियो हुन्छ : देउवा | Khabarhub Khabarhub

जनतालाई केन्द्रमा राखे कांग्रेस बलियो हुन्छ : देउवा


९ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

गण्डकी – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली जनतालाई केन्द्रमा राखेर उनीहरूको हितमा काम गर्दा नै कांग्रेस बलियो हुने बताएका छन् । नेपाली कांग्रेस कास्कीको जिल्ला सम्मेलनको आज पोखरामा उद्घाटन गर्दै उनले लोकतन्त्रमा जनता नै सर्वेसर्वा हुने बताए ।

सभापति देउवाले कांग्रेस नेपाली जनताको काम गर्न स्थापना भएको पार्टी भएको उल्लेख गर्दै देशका जुनसुकै कुनामा रहेका सर्वसाधारणको बीचमा पुगी उनीहरुको सुख दुःखमा साथ दिनुपर्नेमा जोड दिए।

“कांग्रेसलाई ठूलो पार्टीको रुपमा स्थापित गर्न पार्टीभित्रको एकता बलियो हुनु आवश्यक छ”, उनले भने, “राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र पार्टीलाई बचाउन कांग्रेस एक ढिक्का भएर अगाडि बढ्नै पर्छ ।” नेपाली कांग्रेसलाई ठूलो पार्टीको रुपमा विकास गर्न विभिन्न पार्टीसँग निर्वाचनमा गठबन्धन गर्दै अघि बढेको र देशको राजनीतिक परिस्थितिलाई हेरेर गठबन्धन गर्नुपरेको उनले बताउ ।

लोकतान्त्रिक संविधानमाथि आक्रमण भइरहेको बेला लोकतन्त्रवादी एक भएर त्यसलाई बचाउन जरुरी भएको उल्लेख गर्दै सभापति देउवाले माओवादीलाई शान्ति सम्झौतामार्फत लोकतान्त्रिक प्रक्रियामा ल्याएको बताए ।

“नेपालको संविधानले सबै जातजातिलाई समान सहभागीताको व्यवस्था गरेको छ, राज्यका हरेक तहमा ३३ प्रतिशत महिला सहभागिताको व्यवस्था गरिएको छ”, उनले भने । हरेक पालिकामा प्रमुख वा उपप्रमुख महिला हुनैपर्ने व्यवस्था नेपालको संविधानले गरेको उल्लेख गर्दै सभापति देउवाले यस्तो व्यवस्था अन्य कुनै पनि राष्ट्रको संविधानमा नभएको दाबी गरे ।

पोखरा पर्यटकीय सहर भएकाले यहाँको ताल संरक्षण र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमितरुपमा सञ्चालन गर्न कांग्रेस सक्रियरुपमा लाग्ने भन्दै सभापति देउवाले यहाँको पर्यटनको विकासमा पार्टीले ध्यान दिने बताए।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशाङ्क कोइरालाले हरेक कार्यकर्ताले बिपीको सिद्धान्तलाई अँगालेर अगाडि बढ्न सके देशमा उद्यमशीलताको विकाससँगै समृद्धि हासिल हुने बताए ।

नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पार्टीलाई एक ढिक्का बनाएर निर्वाचनमा लोकप्रिय नेतालाई मात्र टिकट दिनुपर्नेमा जोड दिए । कांग्रेसभित्रको गुट उपगुटलाई पन्छाउँदै अगाडि बढ्न सके मात्र पार्टी बलियो हुने उनको भनाइ थियो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीयताको मर्म र भावनाअनुसार सङ्घीयतालाई बलियो बनाउने कुरामा पार्टी नेतृत्व लाग्नुुपर्नेमा जोड दिए । कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीले लोकतन्त्रको रक्षा कांग्रेसले मात्र गर्नसक्ने भएकाले कांग्रेस सुधारिनुको विकल्प नभएको बताए ।

कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल, गोविन्द भट्टराई, गुरु बराल, शारदा पौडेल, उर्मिला थपलिया, सरस्वती अर्याललगायतले आ–आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ९ : ३७ बजे

‘उत्कृष्ट कृषि केन्द्रलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाऔँ’

काठमाडौं– राष्ट्रियसभा सदस्य डाक्टर अन्जान शाक्यले कृषि क्षेत्र हरेक नेपालीको

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

दाङ– १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा तुलसीपुर उपमहानगरपालिका-१७ बकुलाही बस्ने

कुलिङ पिरियडमाथि भएको छेडखानी जनता र संसद् माथिको आक्रमण : सरिता प्रसाईं

काठमाडौं– प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य सरिता प्रसाईंले

हलेसी तुवाचुङमा उत्कृष्ट हुने विद्यार्थी तथा विद्यालयलाई नगद पुरस्कार

खोटाङ– हलेसी तुवाचुङ नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई)सहित विभिन्न कक्षाको

भुटानविरुद्ध फराकिलो जितसहित सेमिफाइनलमा नेपाल, रौनकको शानदार शतक

काठमाडौं- रौनक श्रीवास्तवले शानदार शतक बनाएसँगै नेपालले भुटानविरुद्ध २९८ रनको