काराबाओ कप : चेल्सी फाइनलमा प्रवेश « Khabarhub

काराबाओ कप : चेल्सी फाइनलमा प्रवेश


१० माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


522
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काराबाओ कप फुटबलमा मिडल्सब्रोलाई हराउँदै चेल्सी फाइनलमा प्रवेश गरेको छ ।

गएराति स्टामफोर्ड ब्रिजमा भएको सेमिफाइनलको लेग–२ मा मिडल्सब्रोलाई ६–१ गोलले हराउँदै समग्रमा ६–२ को अग्रतासहित चेल्सी फाइनलमा पुगेको हो । पहिलो लेगमा चेल्सी १–० गोलले पराजित भएको थियो।

चेल्सीका लागि कोल पालमरले दुई तथा इन्जो फर्नान्डेज, डिसासी र नोनी मेड्युकेले एक–एक गोल गरेका थिए । एक गोल भने मिडल्सब्रोबाट आत्मघाती उपहारस्वरूप प्राप्त भएको थियो । खेलको १५औँ मिनेटमा मिडल्सब्रोका जनी हाउसनले आत्मघाती गोल गरेका थिए ।

मिडल्सब्रोका मोर्गन रोगरले खेलको ८८औँ मिनेटमा एक गोल फर्काएका थिए ।

चेल्सीले अब फाइनलमा लिभरपुल र फुलहम मध्ये विजेतासँग खेल्नेछ । यी दुई टोलीबीचको सेमिफाइनल आज राति हुनेछ ।

 

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ९ : ३९ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन