काराबाओ कप : चेल्सी फाइनलमा प्रवेश « Khabarhub

काराबाओ कप : चेल्सी फाइनलमा प्रवेश


१० माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


522
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काराबाओ कप फुटबलमा मिडल्सब्रोलाई हराउँदै चेल्सी फाइनलमा प्रवेश गरेको छ ।

गएराति स्टामफोर्ड ब्रिजमा भएको सेमिफाइनलको लेग–२ मा मिडल्सब्रोलाई ६–१ गोलले हराउँदै समग्रमा ६–२ को अग्रतासहित चेल्सी फाइनलमा पुगेको हो । पहिलो लेगमा चेल्सी १–० गोलले पराजित भएको थियो।

चेल्सीका लागि कोल पालमरले दुई तथा इन्जो फर्नान्डेज, डिसासीनोनी मेड्युकेले एक–एक गोल गरेका थिए । एक गोल भने मिडल्सब्रोबाट आत्मघाती उपहारस्वरूप प्राप्त भएको थियो । खेलको १५औँ मिनेटमा मिडल्सब्रोका जनी हाउसनले आत्मघाती गोल गरेका थिए ।

मिडल्सब्रोका मोर्गन रोगरले खेलको ८८औँ मिनेटमा एक गोल फर्काएका थिए ।

चेल्सीले अब फाइनलमा लिभरपुल र फुलहम मध्ये विजेतासँग खेल्नेछ । यी दुई टोलीबीचको सेमिफाइनल आज राति हुनेछ ।

 

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ९ : ३९ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को