आहा रारा गोल्डकप : आज त्रिभुवन आर्मी र राइजिङ स्टारबीच प्रतिस्पर्धा « Khabarhub

आहा रारा गोल्डकप : आज त्रिभुवन आर्मी र राइजिङ स्टारबीच प्रतिस्पर्धा


१० माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– २३औँ संस्करणको आहा रारा गोल्डकप फुटबलमा आज विभागीय टिम त्रिभुवन आर्मी क्लब र राइजिङ स्टार फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

दिउँसो २ बजे पोखरा रङ्गशालामा हुने खेलमा दुवै टोली सुखद सुरुवात गर्ने लक्ष्यका साथ मैदानमा उत्रँदै छन् । आहा रारा गोल्डकपमा आर्मी १५औँ पटक खेल्दैछ भने राइजिङको यो पहिलो पटक हो ।

आजको खेल जित्ने टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछ । उसले माघ १४ गते डिफेन्डिङ च्याम्पियन संकटा क्लबको सामना गर्नेछ ।

यसअघि, हिजो भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई २–१ गोलले हराउँदै थ्री स्टार क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ । थ्री स्टारले सेमिफाइनल प्रवेशका लागि भुटानको पारो एफसीसँग खेल्नेछ ।

प्रतियोगितामा ८ ‘ए’ डिभिजन, एक विदेशीसहित १२ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले उपाधिसहित १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

 

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  १० : ५९ बजे

ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले ठमेल क्षेत्रमा अश्लिल क्रियाकलापमा लाग्ने पाँच विदेशी

पाल्पामा डीएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो

पाल्पा– पाल्पामा बर्सेनि डिएपी मलको माग बढ्दै गएको छ ।

विश्वकपको दबाब: हारपछि किन सबैभन्दा पहिले प्रशिक्षकले पद गुमाउँछन् ?

काठमाडौँ – विश्वकप जित्ने सपना बोकेर मैदानमा उत्रिएका सबै टोलीको

शिक्षा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना

विश्वकप फुटबल : बोस्निया हर्जगोभिनालाई हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा आयोजक राष्ट्र अमेरिका अन्तिम