६१ किलो सुनकाण्ड : ६ जनालाई धरौटीमा छाड्न उच्चको आदेश « Khabarhub

६१ किलो सुनकाण्ड : ६ जनालाई धरौटीमा छाड्न उच्चको आदेश


१० माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ६१ किलो सुन प्रकरणमा काठमाडौं जिल्ला अदालतले गरेको फैसलाविरुद्ध उच्च अदालत गएका आरोपीमध्ये ६ जनालाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ ।

जिल्ला अदालतको फैसलाविरुद्ध उच्चमा गएका १० जनालाई भने अदालतले धरौटीमा छाड्ने आदेश दिएन ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय धरुबहादुर चन्द र कृष्णराम कोइरालाको संयुक्त इजलासले ६ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो ।

धरौटीमा छुट्नेमा भन्सार अधिकृत गणेशप्रसाद  पौडेलसहित छ जना छन् । अदालतले त्रिवि भन्सारका अधिकृत पौडेल र नायब सुब्बा वीरेन्द्र नेपाली ५–५ लाख धरौटीमा छाड्न आदेश दिएको छ ।

त्यसैगरी भन्सार एजेन्ट यादव पराजुली र शुदर्शन गौतमलाई २ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

कार्गोका एजेन्ट पुष्करराज भट्ट र अर्का एकजनालाई एक–एक लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

उच्च अदालतमा निवेदन दिनेहरुमा दिलिप भुजेल, दावा छिरिङ, सुमन खरेल, किशोर घिमिरे, राजेन्द्र कुमार राई, हर्कराज राई, कृष्णकुमार श्रेष्ठ, रामकुमार भुजेल, थुप्तिन छिरिङ, शिवकुमार शर्राफ लगायत थिए ।

काठमाडौं जिल्ला अदालतले गत भदौ ३१ गते फैस्ला सुनाएका २९ प्रतिवादीमध्ये १२ जनाले गत मंसिर २१ गते पाटन उच्च अदालत निवदेन दिएका थिए । प्रतिवादी दावा छिरिङको कैफियत प्रतिवेदन गत पुस ५ गते उच्च अदालतमा पेश भएको थियो ।

मोटरसाइकलको ब्रेक शुमा सुन लुकाएर ल्याएको अवस्थामा करिब ६० किलो सुनसहित पक्राऊ परेकाहरुमाथि पहिले राजस्व अनुसन्धान विभागले छानविन गरेर पछि प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोलाई जिम्मा लगाएको थियो ।

ब्यूरोको प्रतिवेदन अनुसार जिल्ला अदालतले २९ जनालाई दोषी देखाएको थियो । तीमध्ये एकजना जिल्ला अदालतबाटै धरौटीमा छुटेका थिए भने तीनजना अहिलेसम्म फरार छन् ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ११ : ४५ बजे

सुनसरीको तनाव मधेश प्रदेशतिर : सिरहापछि धनुषामा पनि कर्फ्यु घोषणा

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार रातिदेखि सुरू भएको तनाव

फिफाको लगानी योजना अवसर मात्र : इन्फान्टिनो

पेरिस– अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले फिफाको

सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय

काठमाडौं– राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा अवस्थाको

देवानगञ्ज प्रकरण : गोली लागेका अर्का २२ वर्षीय युवकको उपचारका क्रममा मृत्यु 

इनरूवा– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार राति प्रहरीको गोली लागेर

रास्वपा सभापतिले गरे मधेसका नेतासँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेसका नेताहरूसँग छलफल