कोपा डेल रे : एथ्लेटिक बिल्वाओसँग बार्सिलोना स्तब्ध « Khabarhub

कोपा डेल रे : एथ्लेटिक बिल्वाओसँग बार्सिलोना स्तब्ध


११ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोपा डेल रे फुटबल अन्तर्गत एथ्लेटिक बिल्बाओसँग बार्सिलोना स्तब्ध बनेको छ । गएराति भएको क्वार्टरफाइनलमा बिल्बाओसँग ४–२ गोलले पराजित हुँदै बार्सिलोना उपाधि दौडबाट बाहिरिएको छ ।

निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले २–२ गोलको बराबरी गरेपछि खेल ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको थियो । सो समयमा  बिल्बाओले २ गोल गरेपछि खेल ४–२ ले जितेको थियो ।

बिल्बाओको जितमा गोर्का गुरुजेफा, ओइहान सान्चेट, इनाकी विलियम्स र निको विलियम्सले एकएक गोल गरेका थिए । त्यस्तै बार्सिलोनाका लागि रोबर्ट लेवानडोस्कीलामिन यमलले एक–एक गोल गरेका थिए ।

यस्तै, राति नै भएको अर्को खेलमा जिरोनालाई ३–२ गोलले हराउँदै मल्लोर्का सेमिफाइनलमा पुगेको छ । यस अघि रियल सोसियडाडले सेल्टा भिगोलाई २–१ गोलले पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो ।

अहिलेसम्म एथलेटिक बिल्बाओ, मल्लोर्का र रियल सोसियडाड यस बर्षको कोपा डेल रेको सेमिफाइनलमा पुगेका छन् । 

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार  ७ : ५३ बजे

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ – भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता

कपिलवस्तु – बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)को उपाधि अन्नपूर्ण