२१ वर्ष पुगेका साउदी युवतीले अब स्वतन्त्र रूपमा विदेश यात्रा गर्न पाउने | Khabarhub Khabarhub

२१ वर्ष पुगेका साउदी युवतीले अब स्वतन्त्र रूपमा विदेश यात्रा गर्न पाउने


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– साउदी अरेबियाका महिलाहरूलाई स्वतन्त्र रूपमा विदेश यात्रा गर्न बाटो खुलेको छ ।

शुक्रवार जारी शाही आदेश अनुसार २१ वर्ष पुगेका युवतीहरूले पुरुष अभिभावकको सहमती नभएपनि राहदानी प्राप्त गर्नका लागि आवेदन दिन सक्ने भएसँगै उनीहरुले स्वतन्त्ररुपमा विदेश यात्रा गर्न सक्ने भएका हुन् ।

राहदानीका लागि आवेदन दिन र एक्लै विदेश घुम्न सक्ने व्यवस्थापछि महिलाहरूलाई पुरुषसरह अधिकार दिइएको बताइएको छ ।
यस अघि साउदी अरेबियामा महिलाहरूले राहदानी प्राप्त गर्न र विदेश यात्रामा निस्कन पति, पिता वा पुरुष नातेदारबाट अनुमति लिनुपर्ने नियम थियो ।

आदेशपछि साउदी अरेबियामा महिलाहरूले जन्म, विवाह र सम्बन्धविच्छेद जस्ता व्यक्तिगत घटना दर्ता गर्ने ढोका समेत खुलेको छ । साउदी अरेबियामा रोजगारीसम्बन्धी नियमहरू समेत परिवर्तन गरिएको छ जसअनुसार लिङ्ग, अशक्तता वा उमेरका आधारमा विभेद नगरी काम गर्न सक्ने अधिकार सबै नागरिकहरूसँग सुरक्षित रहेको बताइएको छ।

युवराज मोहम्मद बिन सलमानले आफ्नो मुलुकमा रहेका प्रतिबन्धहरूलाई फुकुवा गर्दै गएका छन् । महिलाहरूलाई सवारीसाधन चलाउने विषयमा विद्यमान प्रतिबन्ध समेत उनले खुकुलो बनाएका थिए ।

सन् २०१६ मा आफ्नो मुलुकको अर्थतन्त्र रूपान्तरण गर्ने भन्दै उनले जारी गरेको योजना अनुरूप रोजगारीका क्षेत्रमा हाल २२ प्रतिशत रहेको महिलाहरूको सङ्ख्या सन् २०३० सम्ममा ३० प्रतिशत पुर्याइने बताइएको बीबीसीले उल्लेख गरेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  १२ : १७ बजे

प्रधानमन्त्रीसँगको भेटपछि ऋचाको प्रतिक्रिया : सानो कदमबाटै विशाल यात्रा सम्भव हुन्छ

काठमाडौं – अभिनेत्री ऋचा शर्माले परिवर्तनको विशाल यात्रा सानो कदमबाट

निजी जीवनमा प्रहार गरेको भन्दै सन्दीपको आक्रोश, साथमा उत्रियो विराटनगर किंग्स

काठमाडौं – नेपाली क्रिकेटर सन्दीप लामिछानेले युट्युब च्यानल प्याराडाइम टिभीले

झिलिमिलीले चम्किएको धरान

धरान –‘फेसन’ र सांस्कृतिक विविधताको सहर भनेर परिचित धरान तिहारको

सबै प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीसँगै हल्का हिमपातको सम्भावना

काठमाडौं – हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक

आजको विनिमय दर : अमेरिकी डलर स्थिर हुँदा यूरो र पाउण्डको मूल्य घट्यो

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय