कालिञ्चाेकमा हिमपात : भारत र बङ्गलादेशका पर्यटक बढ्न सक्ने  | Khabarhub Khabarhub

कालिञ्चाेकमा हिमपात : भारत र बङ्गलादेशका पर्यटक बढ्न सक्ने 


११ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

दोलखा- दोलखाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल कालिञ्चाेकमा पुनः यस वर्षको दोस्रो पटक बाक्लो हिमपात भएको छ।

गत मंगलबार परेको हिमपात बिलाउन नपाउँदै पुनः बुधबार राति अबेरसम्म हिमपात भएको स्थानीयले बताएका हुन्  ।

‘एक साता परेको हिमपातको कारण चहलपहल बढेको यस क्षेत्रमा दोस्रो पटक पुनः हिमपात भएसँगै चहलपहल थप बढ्न सक्ने अनुमान गरिएको छ ।’ स्थानीय त्रिपुरा रिसोर्ट कालिञ्चाेकका सञ्चालक चन्द्रकुमार लामाले बताए ।

तीन हजार आठ सय ४२ मीटर उचाइमा रहेको कालिञ्चोक क्षेत्रमा यो वर्ष ढिलो गरी हिमपात भएको हो ।

मंगलबार परेको हिउँ पग्लिएर सकिन लाग्दा पुनः बिहीबार बाक्लो हिउँ झरेकोले छिमेकी देशका पर्यटक बढ्न सक्ने उनले बताए ।

अघिल्लो पटक परेको हिउँ बिलाएर आउन नपाएका भारत र बङ्गलादेशका पर्यटक यस पटकको हिउँ केहि दिन रहने हुँदा कालिञ्चाेक आउन सक्ने उनले बताए । अघिल्लो साताको हिमपात पछि कालिञ्चाेकमा १५ हजार भन्दा धेरैले भ्रमण गरेका थिए।

त्यसमा प्रायः जसो धेरै स्वदेशी पर्यटक आए पनि यस पटकको हिमपातले बाह्य पर्यटक वृद्धि गर्ने अनुमान गरिएको उनले बताए ।

दोस्रोपल्ट परेको हिउँ शुक्रवार र शनबार रहने हुँदा पनि अघिल्लो साताको तुलनामा कालिञ्चाेक आउनेको संख्या वृद्धि हुने व्यवसायीहरूले अनुमान गरेका हुन् ।

माघ लाग्ने बित्तिकै परेको हिमपातले थोरै भए पनि सधाको दिनमा भन्दा चहलपहल र स्थानीय होटल व्यवसायमा सुधार आएको होटल संचालक नवराज पाख्रिनले सुनाए

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार  ११ : १४ बजे

ट्राफिक प्रहरीले सर्वसाधारण कुटेको भिडियो गत मंसिरको, चार जनामाथि थालियो कारबाही

काठमाडौं- ट्राफिक प्रहरीले सर्वसाधारणलाई सडकमै लात्ती मुक्का बर्साएको भिडियो २०८१

पत्रकारमाथि दुर्व्यवहार गर्ने दीपेश यादव पक्राउ

लुम्बिनी – पत्रकार राधेश्याम विश्वकर्मामाथि समाचार सङ्कलनका क्रममा दुर्व्यवहार गरी

पुलावामाको झल्को दिने पहलगाम हमला, भारत–पाक युद्धको जोखिम कति ?

काठमाडौं– दुई दिनअघि भारत प्रशासित जम्मु कश्मीरको पहलगाममा आतंककारी आक्रमण

फिलिपिन्समा सवारी दुर्घटनाः तीन जनाको मृत्यु, १० जना घाइते

मनीला – फिलिपिन्सको राजधानी मनीलामा भएको सवारी दुर्घटनामा तीन जनाको

आजका समाचार : नेपाललाई अर्को झट्का, एमसीसी पनि बन्द, अहिल्यै एमालेलाई लाग्यो ८४ को चुनाव

‘अरु सरकार जान्छ, जान्छ भन्छन्, एमाले मिस ०८४ मा लागिसक्यो’प्रधानमन्त्री