एक महिनासम्म मनाइने गुंला पर्व शुरु « Khabarhub

एक महिनासम्म मनाइने गुंला पर्व शुरु


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक महिनासम्म मनाइने गुंला पर्व शुरु भएको छ । नेपाल संवत् तिथि अनुसार आजबाट एक महिनासम्म बुद्धको उपासना गरी विभिन्न चैत्य तथा बौद्ध बिहार परिक्रमा गरी नामसंगीति पाठ गरि यो पर्व मनाइन्छ ।

विशेषगरी काठमाडौंका नेवार समुदायले प्रत्येक दिन मौलिक बाजा बजाएर स्वयम्भू महाचैत्य परिक्रमा गर्छन् ।

सांगीतिक माहोल बनाएर प्रत्येक दिन बिहान चैत्य तथा गुम्बा, परिक्रमा गरिँदा पापबाट मुक्ति पाउने विश्वास अनुसार एकमहिना अवधिको पर्व मनाएको बताइन्छ ।

यस अवधिमा धा बाजा, म्वायेली, नेकू बाजा लगायतको विशेष महत्व छ । गुंला पर्व अवधिको एक महिना मासु, अण्डा, प्याज लगायतका खाद्य बस्तुबाट टाढा बसी दैनिक नुहाएर शुद्ध हुनुपर्ने चलन छ ।

यस अवधिमा काठमाडौंको असनमा बहिद्यः प्रदर्शन गरिने, थँहितीमा अवस्थित स्वर्णाक्षर अवलोकन, ललितपुरमा मत्याः जात्रा, फरक नेवार बस्तीमा पञ्चदान पर्व लगायत दैनिक बज्रयानी बुद्धधर्म अनुसारको पूजाविधि सम्पन्न गरिन्छ ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  १२ : २७ बजे

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको