एक महिनासम्म मनाइने गुंला पर्व शुरु « Khabarhub

एक महिनासम्म मनाइने गुंला पर्व शुरु


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक महिनासम्म मनाइने गुंला पर्व शुरु भएको छ । नेपाल संवत् तिथि अनुसार आजबाट एक महिनासम्म बुद्धको उपासना गरी विभिन्न चैत्य तथा बौद्ध बिहार परिक्रमा गरी नामसंगीति पाठ गरि यो पर्व मनाइन्छ ।

विशेषगरी काठमाडौंका नेवार समुदायले प्रत्येक दिन मौलिक बाजा बजाएर स्वयम्भू महाचैत्य परिक्रमा गर्छन् ।

सांगीतिक माहोल बनाएर प्रत्येक दिन बिहान चैत्य तथा गुम्बा, परिक्रमा गरिँदा पापबाट मुक्ति पाउने विश्वास अनुसार एकमहिना अवधिको पर्व मनाएको बताइन्छ ।

यस अवधिमा धा बाजा, म्वायेली, नेकू बाजा लगायतको विशेष महत्व छ । गुंला पर्व अवधिको एक महिना मासु, अण्डा, प्याज लगायतका खाद्य बस्तुबाट टाढा बसी दैनिक नुहाएर शुद्ध हुनुपर्ने चलन छ ।

यस अवधिमा काठमाडौंको असनमा बहिद्यः प्रदर्शन गरिने, थँहितीमा अवस्थित स्वर्णाक्षर अवलोकन, ललितपुरमा मत्याः जात्रा, फरक नेवार बस्तीमा पञ्चदान पर्व लगायत दैनिक बज्रयानी बुद्धधर्म अनुसारको पूजाविधि सम्पन्न गरिन्छ ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  १२ : २७ बजे

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य शैलीमा

निजामती सेवामा समावेशी समूहको दुईतिहाई प्रतिनिधित्व भएको छ : अध्यक्ष रेग्मी

काठमाडौं– लोक सेवा आयोगले मुलुकको सार्वजनिक प्रशासनमा योग्यता, निष्पक्षता र

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

काठमाडौं– लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आज प्रभातफेरी निकालिएको छ ।

रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

घोराही– राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

परराष्ट्रमन्त्री खनाल बेइजिङमा

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार