बिराटनगर – राष्ट्रियसभामा कोशी प्रदेशको प्रदेशसभातर्फको मत गणना सकिएको छ । अब स्थानीय जनमप्रतिनिधिको मत गन्न बाँकी छ ।
कुल ९३ सांसदमध्ये एमालेकी महिना उम्मेदवार रकमिणी कोइरालाले ४९ मत पाएकी छन् भने गठबन्धनकी उम्मेदवार चम्पादेवी कार्कीले ४४ पाएकी छन् ।
एमाले र राप्रपाका ४६ सांसद रहेकोमा कोइरालालाई गठबन्धनका तीनजना सांसदले मत दिएका छन् । गठबन्धनकी कार्कीले ४७ मत पाउनुपर्नेमा ४४ मत मात्रै पाएकी छिन् ।
प्रदेश सांसदको एक मत बराबर ५३ मतभार हुन्छ । यो हिसाबले एमालेकी कोइरालाले २५९७ र गठबन्धनतर्फ माओवादीको चम्पा कार्कीले प्रदेशसभाबाट पाएको मतभार २३३२ रहेको छ ।
प्रतिक्रिया