कर्णालीमा गठबन्धनका तीनै जना विजयी « Khabarhub

कर्णालीमा गठबन्धनका तीनै जना विजयी


११ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कर्णालीमा राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका तीनैजना उम्मेदवार विजयी भएका छन्।

आज भएकाे निर्वाचनको परिणाम अनुसार गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका हुन् ।

गठबन्धनबाट अन्यतर्फ नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ नेकपा (एकीकृत समाजवादी) की सावित्री मल्ल र दलिततर्फ नेकपा माओवादी केन्द्रका विष्णुबहादुर विक उम्मेदवार रहेका छन् ।

महिलातर्फ नेकपा एकीकृत समाजवादीकी सावित्री मल्लले ३ हजार ७२२ मत भार प्राप्त गरी विजयी भइन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी विमलाकुमारी शाहीले १ हजार ३६२ मतभार प्राप्त गरेकी छन् ।

दलिततर्फ नेकपा माओवादीका विष्णु विकले ३ हजार ८१७ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका हिक्मत विकले १ हजार २६७ मत प्राप्त गरेका छन् ।

अन्य तर्फ नेपाली कांग्रेसका कृष्णबहादुर रोकायाले ३ हजार ८७० मत भार ल्याएर विजयी हुँदा एमालेका डिल्लीप्रसाद भट्टले १ हजार २१४ मतभार प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार  ५ : ४८ बजे

यामालसँगको तस्बिरबारे मेसीले भने : जीवनकै अविश्वसनीय संयोग

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले स्पेनका युवा स्टार लामिने

राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आज

म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता

गण्डकी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले म्याग्दीको बेनी–दरबाङ

गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने

गण्डकी – जल तथा मौसम विज्ञान विभागले आज र आइतबार

अमेरिका–इरान तनाव चर्कियो, पानी शुद्धीकरण प्लान्टहरू पनि आक्रमणको निशानामा

काठमाडौं – अमेरिका र इरानबीचको बढ्दो तनावका बीच समुद्रको खारा