जाउलाखेल आहा रारा गोल्डकपको क्वाटरफाइनलमा | Khabarhub Khabarhub

जाउलाखेल आहा रारा गोल्डकपको क्वाटरफाइनलमा


११ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

गण्डकी । जावलाखेल युथ क्लब पोखरामा जारी २३औँ संस्करणको आहा रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा जाउलाखेल प्रवेश गरेको छ । पोखरा रङ्गशालामा आज भएको खेलमा मच्छिन्द्र फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै जावलाखेलले प्रतियोगिताको अन्तिम आठमा स्थान पक्का गरेको हो ।

खेलको पहिलो मध्यान्तरको ३८औँ मिनेटमा निर्णायक गोल गर्दै जावलाखेलका हिसुब थपलियाले टोलीलाई जित दिलाएका हुन् । ‘म्यान अफ दी म्याच’ घोषित भएका उनले रु १० हजार पुरस्कारसमेत पाए । अब जाउलाखेलले आगामी १५ गते हुने क्वाटरफाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबको सामना गर्नेछ ।

यसअघिका प्रि–क्वाटरफाइनल खेलमा जित हासिल गर्दै थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लबले क्वाटरफाइनलको यात्रा तय गरिसकेको छ । सहारा क्लब पोखराद्वारा आयोजित यस प्रतियोगितामा भूटानको पारो एफसी, साबिक विजेता सङ्कटा क्लब, नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बल, मनाङ मस्र्याङ्दी, जावलाखोल युथ क्लब, चर्च ब्वाइज, मच्छिन्द्र, थ्री स्टार, राइजिङ स्टार र आयोजक सहारा क्लबको सहभागिता छ ।

प्रतियोगिताका विजेताले रु १२ लाख एक हजार र उपविजेताले रु छ लाख एक हजार प्राप्त गर्ने सहारा क्लबले जनाएको छ । प्रि–क्वाटरफाइनल विजेता र पराजित दुवै टोलीलाई जनही रु २०/२० हजार, क्वाटरफाइनल विजेता र पराजित दुवै टोलीलाई रु ३०/३० हजार र सेमिफाइनल विजेता र पराजित दुवै टोलीलाई रु ५०/५० हजार प्रदान गरिने जनाइएको छ । प्रतियोगिता यही माघ २० गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार  ८ : १५ बजे

पूर्ण समानुपातिक निर्वाचन प्रणालीको अभ्यासमा जुट्नुपर्छ : वामदेव गौतम

 काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियानका अध्यक्ष तथा राष्ट्रियसभा

कोशी पर्यटन वर्ष: पर्यटकको चहलपहल बढ्यो

मोरङ– छिमेकी मुलुक भारत र तेस्रो मुलुकबाट १५ लाख पर्यटक

सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौँ कांग्रेसका पूर्वसभापति तीर्थराम

प्रहरी उपरीक्षक तिवारीद्वारा पत्रकारलाई धम्की, महासंघको गम्भीर ध्यानाकर्षण

जनकपुरधाम– खबरहब डटकमका जनकपुर संवाददाता सुमित मिश्रलाई जिल्ला प्रहरी कार्यालय

नेपालमा कति छन् विद्यालय ?

काठमाडौं– नेपालमा पूर्वप्राथमिक शिक्षामा कूल भर्नादर ८४ दशमलव ७ पुगेको