प्रहरीमाथि अभद्र व्यवहार गर्ने नौ जना पक्राउ « Khabarhub

प्रहरीमाथि अभद्र व्यवहार गर्ने नौ जना पक्राउ


११ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – कञ्चनपुरमा अभद्र व्यवहार गरेको आरोपमा नौ जना पक्राउ परेका छन्।

भीमदत्त नगरपालिका–१० बनगाउँ स्थित ललित चन्दले संचालन गरेको एसी लज एण्ड बारबाट नौ जना आज (बिहीवार) पक्राउ परेका हुन्।

सार्वजनीक स्थानमा होहल्ला गर्नुका साथै उनीहरुले प्रहरीमाथि समेत अभद्र व्यवहार गरेका थिए। पक्राउ पर्नेमा भारत बनवासाका एनिस सिंह, अनिल चन्द, जय चन्द, सनेन्द्र भट्ट रहेका छन्।

यस्तै पक्राउ पर्नेमा सोहि ठाउँकै अनिल प्रसाद, रबि भट्ट, बिनोद कुमार, कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का किसन चन्द र बाँके नेपालगन्जका माया खनाल रहेका छन्।

सबैजनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक पक्राश डाँगीले बताए।

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार  ९ : २९ बजे

५ हजार २ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी

सामूहिक खेती पद्धतिलाई प्रोत्साहन गर्दै हेटौँडा उपमहानगर

बागमती– हेटौँडा उपमहानगरपालिकाले सामूहिक खेती पद्धतिलाई प्रोत्साहन गर्ने भएको छ

आज निर्जला एकादशी, वैदिक सनातन धर्मावलम्बीले घरका मठमा तुलसीको दल राख्दै

काठमाडौँ– वैदिक सनातन धर्मावलम्बीले आज आआफ्नो घरको मठमा तुलसीको दल

विश्वकप गोलकर्ता : मेसीलाई पछ्याउँदै एम्बाप्पे, हालान्ड र भिनिसियस

काठमाडौँ – फिफा विश्वकपको शीर्ष गोलकर्ताको दौडमा अर्जेन्टिनाका कप्तान तथा

भेनेजुएलामा ठूलो भूकम्पपछि २० भन्दा बढी पराकम्प, ट्रम्पद्वारा सहयोगको प्रतिबद्धता

काठमाडौँ – पहिलो मुख्य भूकम्पपछि भेनेजुएलामा २० भन्दा बढी पराकम्प