नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान आजदेखि सुरु हुँदै « Khabarhub

नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान आजदेखि सुरु हुँदै


१३ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले मुलुकका सबै जिल्लामा आजदेखि ‘समुदायमा कांग्रेस’ अभियान सुरु गर्दैछ । । माघ २६ गतेसम्म चल्ने अभियानमा सांगठनिक सुदृढीकरण, नागरिकका समस्याको पहिचान लगायतका कार्यक्रम हुनेछन् ।

कांग्रेसले अभियान अन्तर्गत ‘समुदायमा जाऔँ, जनाताका कुरा सुनौँ’ नारा तय गरेको छ ।

अभियानका क्रममा स्थानीय तहमा सेवा प्रवाह, विकास निर्माण र समुदायमा भएका राम्रा अभ्यास बारे जानकारी लिने काङ्ग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
उनका अनुसार अभियानका क्रममा आसन ग्रहण तथा मन्तव्यका कार्यक्रम हुने छैनन् । यसमा जनस्तरका गुनासा र सुझाव संकलन गरिने छ ।

अभियान समन्वयका लागि कांग्रेसले केन्द्रीय प्रतिनिधिहरूलाई जिल्ला जिल्लामा खटाएको छ ।

कांग्रेसले सांगठनिक सुदृढीकरणको लक्ष्यसहित अभियानलाई वार्षिक कार्यतालिकामा नै समावेश गरेको  छ ।

कांग्रेसले आगामी फागुन ७ गते नीति अधिवेशन डाकेको छ ।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  ७ : ३८ बजे

एकैदिन तोलामा १० हजार बढीले घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्यमा उच्च गिरावट आएको छ

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत उत्तीर्ण

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा

रुस-आसियान साझेदारी थप मजबुत

एजेन्सी– रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन

पर्यटकीयस्थल घोडेपानी-पुनहिलमा साइकल मार्ग

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिल जोड्ने

शुक्लाफाँटामा तीन सयभन्दा बढी कृष्णसार, व्यवस्थापन चुनौतीपूर्ण

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हीरापुर संरक्षण क्षेत्रमा संरक्षित दुर्लभ वन्यजन्तु