कांग्रेस महामन्त्री थापाको ‘संवाद यात्रा’ झापाबाट सुरु | Khabarhub Khabarhub

कांग्रेस महामन्त्री थापाको ‘संवाद यात्रा’ झापाबाट सुरु


१३ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले झापाको मेची पुलबाट ‘संवाद यात्रा’ सुरु गरेका छन् । आज बिहान ८ बजे झापाको मेची भन्सारबाट उनले यात्रा सुरु गरेका हुन् ।

समुदायमा कांग्रेस अभियानअन्तर्गत यात्रा शुभारम्भ कार्यक्रममा कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य प्रदिप पौडेललगायत सहभागी भएका छन् ।

पार्टीका कार्यकर्ताहरू र जनताका गुनासा र सुझाव लिन महामन्त्री थापाले संवाद यात्रा गर्न लागेका हुन् । संवाद यात्रामा जनताका कुरा सुन्ने, आफ्ना कुरा नभन्ने (भाषणका कार्यक्रम नगर्ने) तयारी छ ।

कांग्रेसले आजदेखि माघ २६ गतेसम्म ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्दैछ । महामन्त्री थापाले पार्टीले गर्ने कार्यक्रमसँगै संवाद यात्रा थालनी गरेका हुन् ।

महामन्त्री थापाले आज बिहान १० बजेसम्म झापा चोकमा चिया संवाद गर्नेछन् । थापाको संवाद यात्रा कांग्रेसका नेता–कार्यकर्ता मात्र भेट्ने नभएर आमनागरिकसँग संवाद गर्ने भएकाले सबैसँग संवाद गर्ने कार्यक्रम रहेको थापाको सचिवालयले जनाएको छ ।

संवाद यात्राका लागि महामन्त्री थापा झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पुग्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  ९ : ५४ बजे

मन्त्री घिसिङद्वारा बाग्मती ‘करिडोर’ क्षेत्रको ढल व्यवस्थापन र सडक स्तरोन्नतिबारे निरीक्षण

काठमाडौँ- सहरी विकासमन्त्री कुलमान घिसिङले काठमाडौँको पूर्वीक्षेत्रस्थित बाग्मती नदी करिडोर

शान्तिसुरक्षा सुदृढ गर्न सुरक्षा निकायलाई मधेशका मुख्यमन्त्री यादवको निर्देशन

जनकपुर- मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले हालको बिग्रँदो राजनीतिक अवस्थामा

प्रदेशका एक हजार गरिब तथा विपन्न परिवारका लागि घर निर्माण गर्नेछौँः मुख्यमन्त्री बानियाँ

भक्तपुर- बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बाग्मती प्रदेशभित्रका गरिब परिवारका

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं-नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले आइतबार

रास्वपा छोड्ने संकेत गर्दै तोसिमा कार्कीले भनिन् : आत्मसम्मानमा प्रहार हुन्छ भने साथीहरू निस्किन्छन्

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीभित्र निरन्तर पार्टी पुनर्निमाण हुनुपर्छ भन्दा संस्थापन