आफ्नो ‘ब्रेकअप’ बारे खुलेर बोलिन् परिणीति चोपडा « Khabarhub

आफ्नो ‘ब्रेकअप’ बारे खुलेर बोलिन् परिणीति चोपडा


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री परिणीति चोपडा कुनै समय आफ्नो प्रेममा ब्रेकअप भएका कारण पूर्ण रुपमा टुटेकी थिइन् । एउटा यस्तो समय पनि थियो, जतिबेला उनी निकै दुःखी र पीडामा थिइन् ।

परिणीतिले लेडिज भर्सेस रिकी बहल फिल्मबाट बलिउडमा डेब्यु गरेकी थिइन् । फिल्मको निर्देशन मनीष शर्माले गरेका थिए । यसपछि उनी शुद्ध देशी रोमान्स मा पनि काम गरिन् । यसको निर्देशन पनि मनीषले नै गरेका थिए ।

दुवै अफेअरमा रहेको खबर पनि बाहिर आए । पछि यी दुईको ब्रेकअप भएको पनि भनियो । परिणीतिले एक्स ब्वायफ्रेन्ड नाम नलिई आफू कुनै समय निकै पीडामा परेको बताइन् । उनले भनिन्, ब्रेकअपपछि उनी पूर्ण रुपमा टुटेकी थिइन् । पछि समयसँगै यो पीडा बिस्तारै ठीक भयो ।

परिणीतिले भनिन्, ‘दिल टुटेको थियो, म लामो समय पीडामा थिएँ । त्यो बेला निकै कष्टकर समय थियो । निकै तनावमा थिएँ म ।’

उनले आफूले जिन्दगीमा यति धेरै अस्वीकारको सामना गर्नु नपरेका कारण लामो समय तनावमा रहनु परेको बताइन् । उनले भनिन्, ‘त्यो समय मलाई सबैभन्दा धेरै परिवारको साथको आवश्यकता थियो, जुन मैले पाएँ ।’

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  ४ : २९ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने