‘जनयुद्धभन्दा सडक दुर्घटना भयानक’ « Khabarhub

‘जनयुद्धभन्दा सडक दुर्घटना भयानक’


१४ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान– नेपाली जनता सडक दुर्घटनाको जोखिममा रहेको र कुनै पनि समय सडक दुर्घटनाको समाचार बन्ने अवस्था रहेको नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष भीमज्वाला राईले बताएका छन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरानको १५औँ अधिवेशन उद्घाटन समारोहमा सडक सुरक्षा, चासो र हाम्रो भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्दै अध्यक्ष राईले नेपालमा सडक दुर्घटना महामारीझैं बढिरहेको बताए ।

देशमा भइरहेको सडक दुर्घटनाको तथ्याङ्क प्रस्तुत गर्दै प्रत्येक दिन सरदर ८ जनाले सडक दुर्घटनामा ज्यान गुमाइरहेको र ४० जना नेपाली सडक दुर्घटनामा परेर घाइते हुने गरेको उनले बताए ।

माओवादी जनयुद्धताका १० वर्षमा १७ हजारको ज्यान जाँदा देशले संकटकालको सामना गर्नुपरेको स्मरण गर्दै अहिले भइरहेको सडक दुर्घटनाबाट १० वर्षमा २८ हजार ८ सयले ज्यान गुमाउने गरेको राईको दाबी छ । जनयुद्धभन्दा सडक दुर्घटना भयानक र ठूलो संकट रहेको उनले बताए ।

सडक दुर्घटनाको मूल कारण भौतिक, मानवीय, यान्त्रिक र पर्यावरणीय रहेको बताउँदै उनले सडक प्रयोगकर्ता सबैमा सचेतना फैलाउन सकिएको खण्डमा मानवीय कारणबाट हुने धेरै दुर्घटना न्यूनीकरण गर्न सकिने तर्क गरे ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  १२ : ५२ बजे

वाणिज्य विभागले भन्यो : व्यापारीले ग्यास लुकाएका छैनन्, मागअनुसार आपूर्ति नहुँदा अभाव भयो

काठमाडौं– वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने ग्यासको

योगेशले राष्ट्रपतिलाई भने : संविधान र लोकतन्त्र जोगाउनु भएकोमा उच्च सम्मान

काठमाडौं- नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले सोमबार राष्ट्रपति रामचन्द्र पौडेललाई

करेन्ट लागेर एक जनाको मृत्यु

मान्म– कालीकोटमा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

पौडी खेल्ने क्रममा १५ वर्षीय बालक महाकालीमा बेपत्ता

दार्चुला– दार्चुलामा महाकाली नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता

बारा कांग्रेसमा भुइँचालो : फरमुल्लाहलाई असहयोगपछि जिल्ला सभापतिसहित १६ नेतामाथि कारबाही सिफारिस

काठमाडौं- गत फागुन २१ गतेको चुनावमा पराजय भोगेसँगै नेपाली कांग्रेस