भारतमा मन्दिर भत्किँदा एक महिलाको मृत्यु, १७ जना घाइते « Khabarhub

भारतमा मन्दिर भत्किँदा एक महिलाको मृत्यु, १७ जना घाइते


१४ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


609
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतको राजधानी नयाँ दिल्लीमा भक्तजनका लागि बनाइएको मञ्च एक्कासि भत्किँदा एक महिलाको मृत्यु भएको छ । घटनामा अरु १७ जना घाइते भएका छन् ।

“आइतबार बिहानै हामीलाई कालकाजी मन्दिरको एउटा स्टेज भत्किएको खबर आयो । तत्काल उद्धार टोली घटनास्थलमा पुगेको छ,” स्थानीय प्रहरी अधिकारीले भने । घाइतेहरूलाई विभिन्न अस्पतालमा भर्ना गरिएको र उनीहरूको अवस्था स्थिर रहेको प्रहरीले जनाएको छ ।

घटनापछि कार्यक्रमस्थलमा भागदौड मच्चिएको थियो र मानिसहरु भागेर आत्तिएर चिच्याइरहेका देखिन्थे । प्रहरी अधिकारीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले मन्दिरमा बिना अनुमति धार्मिक कार्यक्रम आयोजना गरिएको जनाएका छन् ।

कार्यक्रममा महिला र बालबालिकासहित एक हजार ६०० भन्दा बढीको सहभागिता रहेको थियो । भिडिओमा घटनास्थल खचाखच भरिएको देख्न सकिन्छ । प्रारम्भिक अनुसन्धान अनुसार मान्छेको वजन धान्न नसकेर मन्दिरको अगाडि बनाइएको स्टेज भत्किएको थियो ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ती महिलाको निधनप्रति दुःख व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उनले यस्ता ठूला कार्यक्रम आयोजना गर्दा सुरक्षा नियम पालना गर्न आग्रह गरे ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ५ : १४ बजे

रौतहटका सामुदायिक वनका उपभोक्तालाई आगो निभाउने सामग्री 

चन्द्रपुर– रौतहटका सामुदायिक वन उपभोक्ता समूहहरूलाई एक संस्थाले आगो निभाउनमा उपयोग

प्रधानमन्त्रीले भनिन् : दल र जेन-जी दुवैको आलोचना सहन्छौँ, तर हामी कसैको अचानो होइनौँ

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दलहरू चुनावको

पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’

सुन्दरबजार– पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय

सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

जलेश्वर– यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती