एसिड आक्रमण रोक्न प्रभावकारी कानून बनाउनुपर्छ : अध्यक्ष ओली « Khabarhub

एसिड आक्रमण रोक्न प्रभावकारी कानून बनाउनुपर्छ : अध्यक्ष ओली


१४ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एसिड आक्रमणलाई रोक्न प्रभावकारी कानून बनाउनुपर्नेमा जोड दिएका छन् ।

आइतबार काठमाडौंमा नेपाली चलचित्र नमेटिने घाउको घोषणा कार्यक्रममा अध्यक्ष ओलीले भविष्यमा यस्ता घटना दोहरिन नदिन प्रभावकारी कानून बनाउनुपर्नेमा जोड दिए । एसिड आक्रमणको समस्याको समाधान दण्डबाट मात्रै समाधान नहुने भन्दै उनले मानवीय चेतनामार्फत पनि समाधान खोजिनुपर्ने जिकिर गरे ।

भरपर्दो कानून निर्माण, अपराधीलाई सजाय र त्यसबाट शिक्षा समेत दिन सक्नुपर्ने उनको भनाइ छ । ओलीले अपराधीलाई मृत्युदण्ड नै दिनुपर्छ भन्ने पक्षमा आफू नरहेको भन्दै अन्य प्रभावकारी सजायहरू निर्धारण हुनुपर्ने धारणा राखे ।

एसिड आक्रमणबाट पीडित भएकाहरूको कथालाई समेटेर नमेटिने घाउ चलचित्र निर्माण हुन लागेको हो ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ५ : ३५ बजे

विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह

काठमाडौं– नेपाल पिडियाट्रिक सोसाइटी (नेपास) ले प्राकृतिक विपद् तथा आपत्कालीन

एसियाड उद्घाटन: चन्द्र र मानमतीले बोके नेपालको झण्डा (फोटो फिचर)

काठमाडौं- जापानको आइची-नागोयामा आयोजित २०औँ एसियाली खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन

परराष्ट्र मन्त्रालयमा पहिलोपटक ‘वातावरण कूटनीति शाखा’ स्थापना

काठमाडौँ – जलवायु परिवर्तन तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत

सडक किनारमा नगरपालिकाको बेसार खेती

धनकुटा– स्थानीय किसान तथा सामुदायिक वन समूहलाई उत्पादनमूलक कृषिमा प्रोत्साहन

बीस क्विन्टल गाँजासहित दुईजना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ फत्तेपुरबाट