‘दयारानी’ टेलर : वंश कायम गर्न नसकेका दयालाई अवैध सन्तानको आरोप « Khabarhub

‘दयारानी’ टेलर : वंश कायम गर्न नसकेका दयालाई अवैध सन्तानको आरोप


१५ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चलचित्र ‘दयारानी’को टेलर सार्वजनिक भएको छ । पुरुषले सन्तान उत्पादन गर्ने क्षमता आफूसँग नभएको स्वीकार गर्न नसक्ने सामाजिक कथा बोकेको फिल्म बनेको टेलरले देखाउन खोजेको छ ।

फिल्ममा दयाहाङ राई र दिया पुनलाई विवाह जोडीका रुपमा देखिने टेलरले खुलाउँछ । आफ्नो शारीरिक कमजोरीका कारण बच्चा नभएको दयाले दियालाई खुलाउँदैनन् । उल्टै श्रीमतिमा दोष थुपार्छन् । 

श्रीमतीले वंश कायमका लागि दोस्रो विवाह गर्न आग्रह गरे पनि दयाले आफ्नो कमजोरी छुपाउन बिहे गर्न मान्दैनन् । पछि अर्की युवतीले दयाको पेट बोकेको आरोप लगाएको दृश्यले टेलरमा रस थपेको छ । 

माघ २६ बाट प्रदर्शनमा आउने यस फिल्ममा दयाहाङ, दिया, पुस्कर गुरुङ, विजय बराल, श्रीशा कुँवरलगायतको अभिनय रहेको छ । 

बाँसुरी फिल्मस् र माओत्से गुरुङ फिल्मस्को संयुक्त ब्यानरमा बनेको यस फिल्मको लेखक तथा निर्देशक माओत्से गुरुङ स्वयं हुन् । 

यस्तो छ टेलर :

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ५ : ११ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्