झलनाथको प्रस्ताव : दक्षिणपन्थीसँग गठबन्धन गर्नु भन्दा वामपन्थीसँग गरौँ « Khabarhub

झलनाथको प्रस्ताव : दक्षिणपन्थीसँग गठबन्धन गर्नु भन्दा वामपन्थीसँग गरौँ


१५ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका सम्मानित नेताले झलनाथ खनालले दक्षिणपन्थीसँग गठबन्धन गर्नु भन्दा वामपन्थीसँग गठबन्धन गर्नुपर्ने बताएका छन् ।

आइतबार र सोमबार काठमाडौंमा बसेको केन्द्रीय परिषद् बैठकको अन्तिममा बोल्दै उनले वर्तमान गठबन्धन प्रति सन्तुष्ट देखिए ।

उनले भने, ‘ हामी नयाँ ढङ्गले अगाडि बढ्न सक्छौ तर हाम्रो पार्टीले ठिक दिशा लिन सक्नुपर्छ । यसो हुँदा अरू वामपन्थीलाई पनि एकताबद्ध गर्न सक्छौँ । वाम पन्थी एकता किन नगर्ने भन्न सक्छौँ । हामीसँग क्रान्तिको सिङ्गो शृंखला हुनुपर्छ । पुँजीवादी दक्षिणपन्थीसँग गठबन्धन गर्ने भन्दा वामपन्थीसँग गठबन्धन गर्न यो कारणले सही छ भन्ने कुरा आउँछ । अनि मात्र वामपन्थी एकता कायम हुन्छ।’

उनले वाम एकता भयो भने मात्र जनताका मुद्दा सम्बोधन हुने बताए । उनले कम्युनिस्ट आन्दोलनका भयानक गल्तीहरु भएकाले सच्चिएर अगाडि जानुपर्ने समेत बताए ।

यस्तै पार्टीले उमेर हद पनि कायम नराख्ने भएको पनि बताए ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ५ : ३२ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी