संविधान र सङ्घीयता विरोधी गतिविधि रोक्नुपर्छ : महामन्त्री थापा « Khabarhub

संविधान र सङ्घीयता विरोधी गतिविधि रोक्नुपर्छ : महामन्त्री थापा


१५ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

सप्तरी । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले संविधान र सङ्घीयता विरोधी गतिविधि रोक्न सुशासन गतिलो हुनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यसका लागि सबै जिम्मेवार व्यक्तिले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नु्पर्ने बताए ।

‘समुदायमा कांग्रेस’ अभियानअन्तर्गत संवाद यात्राका क्रममा सप्तरीको राजविराज आइपुगेका उनले अहिलेको मुख्य चुनौती संविधान र लोकतन्त्र जोगाएर सुशासन कायम गर्नुरहेको उल्लेख गरे।

उनले भने, “कसैले प्रदेश संरचना खारेजको कुरा उठाइरहेका छन् त कसैले व्यवस्था नै परिवर्तन गर्नुपर्छ भनी लागिरहेका छन्, यस्ता कुरामा लागे मुलुक फेरि अर्को दुर्घटनामा पर्नेछन् ।”

सङ्घर्षपछि प्राप्त भएको सङ्घीयता कार्यान्वयनका क्रममा केही त्रुटि भए पनि त्यो त्रुटि सच्याएर अघि बढ्नु प्रमुख आवश्यकता रहेको उनले बताए । उनले अहिलेको व्यवस्था नै उत्कृष्ट भएको दाबी गर्दै यसको विकल्प खोज्नु समय खेर फाल्नु जस्तै हुने जनाउँदै संविधान र लोकतन्त्र जोगाउन तथा समग्र परिवर्तनको रक्षाका लागि कांग्रेस अघि बढिरहेको समेत बताए ।

उनले यसमा सबै लोकतन्त्रवादीको साथ र सहयोग आवश्यक रहेको जनाउँदै अब बन्ने नयाँ मन्त्रीमण्डलमा मधेसको प्रतिनिधित्व हुने उल्लेख गरे । यसअघि उहाँले स्थानीय गजेन्द्रनारायण सिंह अस्पताल पुगी त्यहाँको समस्याबारे जानकारी लिनाका साथै सुधारका लागि आफ्नोतर्फबाट सक्दो पहल गर्ने जानकारी दिएका थिए ।

स्थानीयस्तरमा सेवा प्रवाहको अवस्था, विकास निर्माण र समुदायमा भएका असल अभ्यासको अवलोकन, हुलाकी सडक वरिपरि बसोबास गरिरहेका जनताको पीडा नजिकबाट बुझ्ने तथा जनताबाट आएका गुनासा र सुझावलाई प्रभावकारी ढङ्गले कार्यान्वयनमा ल्याउने उद्देश्यले थालिएको समुदायमा कांग्रेस अभियान तथा संवाद यात्रा यही माघ २६ गतेसम्म सञ्चालन हुने नेपाली कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ९ : १९ बजे

राष्ट्र बैंकका एक दर्जनभन्दा बढी नीति तथा कार्यक्रम अलपत्र

काठमाडौं– नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२-८३ को मौद्रिक नीतिको

साउने मेलाका लागि सजाइँदै टुटेश्वरनाथ महादेव मन्दिर

महोत्तरी– भगवान् शिवको आराधना र उपासना गरी मनाइने साउन महिना

बलुचिस्तानको प्रहरी चौकीमा आक्रमण, नौ प्रहरीको मृत्यु

पाकिस्तान- पाकिस्तानको अशान्त दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बाँध निर्माण परियोजनाको सुरक्षा गरिरहेको

बेरुजु छलफल उपसमिति गठनका सम्बन्धमा विवाद, लेखा समिति बैठक नै स्थगीत

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा बेरुजु छलफल उपसमिति गठनका

हर्मुज जलघाँटीमा एलएनजी ट्याङ्करमाथि प्रहार, क्षेत्रीय तनाव थप चुलियो

दुबई- विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग हर्मुज जलघाँटीमा फेरि एकपटक