किसान आन्दोलनका कारण पेरिसका मुख्य राजमार्ग अवरुद्ध | Khabarhub Khabarhub

किसान आन्दोलनका कारण पेरिसका मुख्य राजमार्ग अवरुद्ध


१६ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

पेरिस– फ्रान्सेली किसानहरूले मुख्य शहरका राजमार्गहरू अवरुद्ध गरेका छन् ।

मुद्रास्फीति र सस्तो आयातबाट प्रतिस्पर्धाको चिन्तालाई लिएर सरकारसँग असन्तुष्ट किसानहरूले मुख्य राजमार्गमा ट्रयाक्टर राखेर अवरुद्ध गरे पछि दैनिक जनजीवन कष्टकर बनेको छ । जुन आन्दोलनका कारण फ्रान्सको राजधानी पेरिस वरपरका प्रमुख राजमार्गहरू अवरुद्ध भइरहेका छन् ।

केही दिनदेिख  फ्रान्सेली किसान प्रदर्शनकारीहरूले राम्रो पारिश्रमिक र थोरै वातावरणीय नियमहरूको माग गरिरहेका छन्, जो नहुदाँ तिनीहरूको जीविकोपार्जनलाई नै असर गरिरहेको उनीहरूले जनाउँदै आएका छन् ।

आन्दोलनरत किसानहरूले पेरिसको महत्त्वपूर्ण सडकका आठ चोक पोइन्टमा अवरुद्ध गरेका छन् ।

यसैबिच, मूल्यवृद्धिबाट बच्न सावधानी अपनाएको सरकारले कृषि डिजेलमा दिइने अनुदान घटाउने योजना बिस्तारै खारेज गर्दै वातावरणीय नियमलाई सहज बनाउने वाचा गरेको छ ।

सरकारले यो पनि भनेको छ कि यसले आफ्नो युरोपेली संघका साथीहरूलाई बाँझो खेती जग्गामा नियमहरू सहज बनाउन सहमत हुन दबाब दिनेछ ।

युरोपियन युनियनका अनुदानहरू प्राप्त गर्नका लागि कृषकहरूले निश्चित सर्तहरू पूरा गर्नुपर्नेछ, जस्तो कि प्रकृति पुनः प्राप्ति गर्न सक्ने गैर उत्पादक क्षेत्रहरूमा ४ प्रतिशत खेतीयोग्य जमिन छुट्याउनु पर्ने आवश्यकता समेत समावेश गरिएको छ।

तर कृषक सङ्गठनहरूले योजनालाई अझ अगाडि बढाउनु पर्ने बताएका छन् । ‘यस चरणमा, हामी के चाहन्छौँ भने सरकार माथि अझ दबाब बढाउनु हो,’ प्रभावशाली किसान युनियनका प्रमुख अर्नाउड रुसोले स्थानीय मिडियासँग भनेका छन् ।

 

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ९ : ५५ बजे

अटिजम भएका बालबालिकाको सहयोगार्थ नेपालमा भारतीय गायक नौटियालको कन्सर्ट हुने

काठमाडौं– एन अटिजम केयर फाउन्डेसनले अटिजम भएका बालबालिकाको सहयोगार्थ नेपालमा

स्वास्थ्य समस्यासँग जुध्न स्रोतको अभाव प्रमुख समस्या : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले साझा स्वास्थ्य संकटसँग जुध्नका

ग्लोबल आइएमई बैंकले ५.५ प्रतिशत बोनस दिने 

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा

हिमाली पदयात्राका क्रममा पोल्याण्डका नागरिकको मृत्यु

रसुवा– हिमाली पदयात्राका क्रममा रसुवा र नुवाकोट जिल्लाको सिमानास्थित सूर्यकुण्ड