चोयाका सामान बनाउने सीप संरक्षण र हस्तान्तरण « Khabarhub

चोयाका सामान बनाउने सीप संरक्षण र हस्तान्तरण


१६ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ घराम्दीमा वातावरणमैत्री चोयाका सामान बनाउने सीप संरक्षण र युवालाई हस्तान्तरण गर्न थालिएको छ ।

मौलिक र परम्परागत सीप हस्तान्तरण, संरक्षण र वातावरणमैत्री चोयाका सामग्रीको प्रयोग बढाउने उद्देश्यले मण्डली सामुदायिक सिकाइ केन्द्रले युवायुवतीलाई तालिममार्फत सीप हस्तान्तरण गर्न थालिएको हो ।

केन्द्र व्यवस्थापन समितिका अध्यक्ष सम्झना पौडेलले निगालोबाट चोया र सामान बनाउने सीप सिकाउन पाँचदिने तालिम सञ्चालन गरेको जानकारी दिइन् ।

‘६ जना महिलासहित ३० जनालाई तालिम दिएका हौँ’, उनले भनिन्, ‘निगालो र बाँसको चोयाबाट डोका, थुन्से, नाङ्लो डाली, थुन्से, भकारी, नाम्लो, नाङ्लो, डालो बनाउन सिकाएका छौँ ।’

यही माघ १४ गते सुरु भएको तालिम पाँच १८ गतेसम्म चल्नेछ । चोयाका सामान बनाउन रघुगङ्गा गाउँपालिका–७ चिमखोलाबाट अनिल पाइजा घराम्दी पुगेका छन् ।

चिमखोलाका बासिन्दामा निगालोबाट आकर्षक डोका बनाउने सीप छ । ‘अघिल्लो पुस्ताका नागरिकको मृत्यु, नयाँ पुस्ताका युवायुवतीमा ज्ञान, सीप हस्तान्तरण नभएको र प्लास्टिकबाट बनेका सामग्रीको बढ्दो प्रयोगका कारण चोयाबाट बनेका सामग्री र सीप लोप हुने अवस्थामा पुगेको छ, सामान भण्डारण र ढुवानीमा प्रयोग हुने चोयाका सामग्री वातावरणमैत्री हुन्छन्’, उनले भने ।

प्लास्टिकका सामानका कारण प्रदूषण बढेकाले चोयाबाट बनेका सामग्री प्रयोगमा ल्याउन सीप सिकेको उनको भनाइ छ । प्रशिक्षक पाइजाका अनुसार प्रति डोकालाई एक हजारदेखि दुई हजार पाँच सय मूल्य पर्नेछ ।

साक्षरता अभियानलाई सफल बनाउन र निरन्तरता दिने क्रममा गठन भएका सामुदायिक सिकाइ केन्द्रले समुदायस्तरमा आयआर्जन वृद्धि, क्षमता, नेतृत्व विकास, परम्परागत मौलिक सीप र कलाको संरक्षणका गतिविधि गर्दै आएका अन्नपूर्ण गाउँपालिकाका शिक्षा अधिकृत गणेशबहादुर कटुवालले बताए ।

 

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ११ : ०३ बजे

न्यूयोर्कका मेयरले बहिष्कार गरे इजरायल डे परेड, ६२ वर्षयताकै पहिलो घटना

न्यूयोर्क- अमेरिकी प्रमुख शहर न्यूयोर्कका मेयर जोहरान ममदानीले मे ३१

रास्वपाको केन्द्रीय निर्वाचन आयोगको प्रमुखमा केसी मनोनित

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय निर्वाचन आयोगको प्रमुखमा

ट्रम्पले नेतन्याहूलाई झपार्दै भने, ‘तिमीलाई सबैले घृणा गर्दैछन्, म नभएको भए जेलमा हुन्थ्यौ’

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई

पश्चिमी दबाबबीच भारतको म्यान्मा नीति

नयाँदिल्ली– पश्चिमी देशहरूले म्यान्माको सैन्य नेतृत्वलाई अन्तर्राष्ट्रिय रूपमा अलग्याउने प्रयास

वीरगञ्जका मुख्य सडक विस्तार गर्ने काम रोक्न माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं– वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार गर्ने काम रोक्न माग