गृहमन्त्रीलाई रविको प्रश्न : जिबी राईलाई समात्न किन नसकेको ? | Khabarhub Khabarhub

गृहमन्त्रीलाई रविको प्रश्न : जिबी राईलाई समात्न किन नसकेको ?


१६ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । पूर्वउपप्रधान तथा गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारले सहकारी समस्या समाधानको कामलाई महत्व नदिएको आरोप लगाएका छन्।

मंगलबार काठमाडौँको स्वयम्भूमा आयोजित रास्वपा कर्णालीको चियापान कार्यक्रममा बोल्दै रविले गृहमन्त्रीले नै सहकारी समस्या समाधानका लागि काम गर्नुको साटो आफूलाई दुस्ख दिने काम गरेको आरोप लगाएका हुन्।

‘यदि सरकारले अथवा गृहमन्त्रीज्यूले साँच्चै यो सहकारी पीडितका लागि न्याय दिनुपर्‍यो, सहकारी पीडितहरुका लागि काम गर्नु पर्‍यो, यी सहकारीबाट भागेकाहरुलाई समातेर भए पनि यिनको सम्पत्ति अहिलै कब्जा गरेर, कानुन ल्याएर, अध्यादेश ल्याएर सप्पै पीडितलाई बाँड्नु पर्‍यो भनेर लागिपरेको भए अहिलेसम्म कयौँ पीडितहरुले पैसा पाइसक्थे, केही न केही सुरुवात हुन्थ्यो,’ लामिछानेले भने, ‘तर, उहाँको ध्यान त यल्लाई चाहिँ छोड्नु भएन, केही भेटिन्छ कि यता खोज्नुस् त्यहाँ खोज्नुस् भेटिन्छ कि भनेर यति समय धाउनु भयो।’

उनले यति समय सरकारले पीडितहरुलाई न्याय दिने, पीडितहरुको पैसा फिर्ता दिने, त्यसका लागि एउटा चुस्त कार्यदल बनाउने, योग्य क्षमतावान मान्छेहरु राख्ने र राज्यले काम गर्ने गरेको भए पीडितहरुले न्याय पाइसकेको हुने बताए।

‘मेरो लागि खर्चिएको समय पीडितका लागि खर्चिएको भए पीडितलाई न्याय दिन सकिन्थ्यो,’ रविले भने, ‘अझै पनि आडिया चाहिन्छ भने सम्पर्क राख्नुहोस् हामी भन्दिन्छौँ। सहकार्य गर्ने हो भने हामी तयार छौँ।’

उनले पूर्वउपप्रधानमन्त्रीलाई समाउने सरकारले जिबी राईलाई किन समात्न नसकेको भन्दै गृहमन्त्रीलाई प्रश्नसमेत गरे।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ९ : १८ बजे

लम्पी स्किनबाट पशु सङ्क्रमित हुँदा किसान समस्यामा

ताप्लेजुङ–  ताप्लेजुङका ६  स्थानीय तहमा लम्पी स्किन रोगको सङ्क्रमण फैलिएको

गाउँ चिन्ने, पसिना बुझ्ने मौद्रिक नीति अपरिहार्य

नेपाल राष्ट्र बैंकले प्रत्येक वर्ष प्रस्तुत गर्ने मौद्रिक नीति राष्ट्रिय

नेपालको प्रशासनमा आधुनिक शक्ति कहिल्यै माथि आउन सकेन

आजभन्दा १५–२० वर्ष अगाडि र अहिले पनि नेपालको प्राथमिक बाधक

बागमती प्रदेशसभा बैठक बस्दै

बागमती– बागमती प्रदेशसभा बैठक आज (सोमबार) बस्दैछ । बैठकमा बागमती

टीकापुर नगरपालिकामा प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइँदै

कैलाली-  कैलालीकाे टीकापुर नगरपालिकाले आगामी साउन १ गतेदेखि प्लास्टिकका झोलाको