यू–१९ विश्वकप : नेपालको सेमिफाइनल पुग्ने सम्भावना समाप्त « Khabarhub

यू–१९ विश्वकप : नेपालको सेमिफाइनल पुग्ने सम्भावना समाप्त


१६ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल यू–१९ विश्वकपको सेमिफाइनल पुग्ने सम्भावना समाप्त भएको छ । मंगलबार भारत र पाकिस्तानले जित निकाले पछि सुपर सिक्समा एक खेल नखेल्दै नेपाल सेमिफाइनल दौडबाट बाहिरिएको हो ।

मंगलबार भारतले न्युजिल्यान्डलाई २ सय १४ रनको फराकिलो अन्तरले हराएको छ । सुपर सिक्सको पहिलो खेलमा न्युजिल्यान्ड विरुद्ध पहिले ब्याटिङ गरेको भारतले दुई सय ९५ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको न्युजिल्याण्ड ८१ रनमा नै अलआउट भयो ।

त्यस्तै आज नै भएको अर्को खेलमा समूह ‘डी’ को विजेता बनेको पाकिस्तानले आयरल्यान्डलाई ३ विकेटले पराजित गर्यो । पहिले ब्याटिङ गर्दै आयरल्यान्डले १८२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा पाकिस्तानले सात विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो । जितसँगै भारत र पाकिस्तानको सेमिफाइनल यात्रा सहज भएको छ ।

यस्तै बंगलादेशको गणितिय सम्भावना बाँकी छ। अघिल्लो चरणको यात्राका लागि बंगलादेशले नेपाल र पाकिस्तानविरुद्ध फराकिलो जित निकाल्नु पर्ने छ । सुपर सिक्समा एक टिमले केवल दुई खेल खेल्न पाउने भएकाले अब नेपालले दुबै खेल जितेपनि ४ अङ्क मात्रै हुने छ।

नेपालले सुपर सिक्समा आफ्नो पहिलो खेल बुधबार बंगलादेशसँग खेल्नेछ। दोस्रो खेलमा शुक्रबार भारतसँग प्रतिस्पर्धा गर्नैछ। नेपाल समूह डी बाट तेस्रो स्थानमा रहेर सुपर सिक्स पुगेको हो। समूह ‘डी’मा पाकिस्तान विजेता र न्युजिल्यान्ड उपविजेता बनेका छन्।

नेपालले समूह चरणको पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रन र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटको हार खाएको थियो। सनसनीपूर्ण बनेको अन्तिम खेलमा अफगानिस्तानलाई १ विकेटले हराउँदै नेपाल सुपर सिक्समा पुगेको हो।

समूह चरणपछि सुपर सिक्स भनिए नेपालसहित १२ टिम सहभागी छन्। सुपर सिक्मा नेपाल, भारत, पाकिस्तान, न्युजिल्यान्ड, बंगलादेश र आयरल्यान्ड एउटा समूह बनेको छ भने अर्को समूहमा दक्षिण अफ्रिका, इंग्ल्यान्ड, वेस्टइन्डिज, अष्ट्रेलिया, श्रीलंका र जिम्बावे छन्।

अहिलेसम्म भारतले सर्वाधिक ५ पटक यू– १९ विश्वकपको उपाधि जितेको छ। अष्ट्रेलियाले तीन पटक उपाधि हात पारेको छ भने पाकिस्तानले दुई उपाधि उचालेको छ। बंगलादेश, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र इंग्ल्याण्डले एक एक पटक उपाधि जितेका छन्।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  १० : २४ बजे

एउटै गाउँबाट दुई करोडभन्दा बढीको सुन्तला बिक्री

तनहुँ– तनहुँको व्यास नगरपालिका–१३ स्थित बेनीकोट गाउँका किसानले यसवर्ष दुई

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)२२ औं खेलमा

एकै दिन देशभर १७ स्थानमा आगलागीका घटना

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा यही मङ्सिर

आज अपाङ्गता भएकाको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौं – अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न

आजको विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर हालसम्मकै उच्च बिन्दुमा

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय