१६ औँ योजनाका लागि आयोगले लियो विकास साझेदारसँग सुझाव « Khabarhub

१६ औँ योजनाका लागि आयोगले लियो विकास साझेदारसँग सुझाव


१६ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय योजना आयोगले १६औँ योजना र अति कम विकसित मुलुक (एलडिसी) बाट विकासशील मुलुकमा स्तरोन्नतिका विषयमा अन्तर्राष्ट्रिय विकास साझेदारहरुसँग छलफल गरेको छ ।

आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठको अध्यक्षतामा आज यहाँ भएको छलफलमा संयुक्त राष्ट्र सङ्घ, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषलगायत विभिन्न देशका राजदूत तथा प्रतिनिधिहरुले सुझाव दिएक छन् ।

नेपाल स्थित अन्तर्राष्ट्रिय विकास साझोदार समूहको नेतृत्व हाल संयुक्त राष्ट्रसङ्घका नेपालस्थित आवासीय प्रतिनिधि हाना सिङ्गर हाम्डी र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हिक्काले संयुक्त रुपमा गरेका छन् । छलफलमा अतिकम विकसित मुलुक ९एलडिसी०बाट विकासशील मुलुकमा स्तरोन्नतिका सन्दर्भमा पनि छलफल भएको थियो ।

राष्ट्रसङ्घका आवासीय प्रतिनिधि हाना सिङ्गर हाम्डीले सफल एलडिसी स्तरोन्नतिपछि नेपाल विकासको अर्को अध्ययायमा प्रवेश गर्ने बताए। अन्य सहभागी विकास साझेदारहरुले आफ्ना देशीय कार्यक्रमलाई १६औँ योजना र एलडिसीबाट विकासशील मुलुकमा स्तरोन्नति रणनीतिसँग तादम्यता मिलाउनुपर्नेमा जोड दिएका थिए ।

आयोगका उपाध्यक्ष डा श्रेष्ठले विकास साझेदारहरुबाट प्राप्त रचनात्मक सुझावलाई १६औँ योजनामा समावेश गर्ने बताए । आयोगले आजै १६औँ योजनाको सन्दर्भमा राष्ट्रिय विकास परिषद्का नवनियुक्त सदस्यहरुसँग छलफल गरेको थियो ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  १० : ५९ बजे

यही चुनावमै बालेलनाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने रविको योजना, यस्ता छन् मिल्ने तीन विकल्प

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरला नाका पूर्णरुपमा सञ्चालनमा आएपछि विगत दुई

राष्ट्रपतिको पहलमा तीन शीर्ष नेता र प्रधानमन्त्री कार्कीबीच पहिलो पटक प्रत्यक्ष वार्ता

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर

कमल थापाको नाम काठमाडौं-५ र बाँके-२ बाट सिफारिस

काठमाडौं– आउँदो फागुन २१ गते हुने निर्वाचनमा राप्रपा नेपालका अध्यक्ष

गृहमन्त्री अर्याल सुर्खेतमा

कर्णाली– गृहमन्त्री ओमप्रकाश अर्याल आज सुर्खेत आइपुगेका छन् । बुधबार