बीपी प्रतिष्ठानका उपकुलपतिलाई कालोमोसो दल्न खोज्ने ३ जना पक्राउ « Khabarhub

बीपी प्रतिष्ठानका उपकुलपतिलाई कालोमोसो दल्न खोज्ने ३ जना पक्राउ


१७ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

सुनसरी– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायम मुकायम उपकुलपति प्रा.डा प्रल्हाद कार्कीलाई कालो मोसो दल्न खोजेको आरोपमा मंगलबार  प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नवीनराज भण्डारीका अनुसार बीपी प्रतिष्ठानका कामु उपकुलपतिलाई कालो मोसो दल्ने प्रयास गरेको आरोपमा ३ जनालाई पक्राउ गरिएको हो । उनीहरु मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पाटी नेपालका कार्यकर्ता रहेको बताइएको छ ।

पक्राउ पर्नेहरूमा भीम बहादुर सार्की, शेर बहादुर कटुवाल र खेम थापा रहेका छन् । उनीहरु पक्राउ पर्नु अगाडि उपकुलपति कक्षमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू पनि प्रवेश गरेका थिए । अन्तिम समयमा प्रवेश गरेका उनीहरुले  कालो मोसो दल्न खोजेको बताइएको छ ।

यसैबीच बीपी प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा सूर्य प्रसाद सङ्ग्रौलाले विज्ञप्ति जारी गर्दै उक्त  घट्नाको निन्दा गरेका छन् ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  १ : १० बजे

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि