इम्बोस्ड नम्बर प्लेट रिड गर्ने ‘आरएफआईडी’ हस्तान्तरण « Khabarhub

इम्बोस्ड नम्बर प्लेट रिड गर्ने ‘आरएफआईडी’ हस्तान्तरण


१७ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ‘इम्बोस्ड नम्बर प्लेट रिड’ गर्ने पाँच थान ‘आरएफआईडी’ यन्त्र नेपाल प्रहरीलाई हस्तान्तरण गरेका छन् ।

मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच इम्बोस्ड नम्बर प्लेटमा भएको विवरण रिड गर्ने रेडिओ फ्रिक्वेन्सी आइडेन्टिफिकेसन यन्त्र (आरएफआइडी) हस्तान्तरण गरेका हुन् ।

मन्त्री ज्वालाले सो यन्त्र नेपाल प्रहरी मुख्यालयअन्तर्गत कार्यविभाजनका प्रहरी नायब महानिरीक्षक भरत बोहोरालाई हस्तान्तरण गरे । हाललाई पाँच थान हस्तान्तरण गरिएको यो यन्त्र छिट्टै एक सय थान हस्तान्तरण हुने यातायात व्यवस्था विभागले जनाएको छ । योसँगै अब मन्त्रालयको यातायात व्यवस्था विभागले देशका विभिन्न नाकामा इम्बोस्ड प्लेट रिड गर्ने गेटको निर्माण गरिरहेको विभागले जनाएको छ ।

कार्यक्रममा मन्त्री ज्वालाले सवारी साधनमा इम्बोस्ड नं प्लेट जडान गरेसँगै सवारी साधनको सुरक्षा तथा अन्य हिसाबले यो प्रणाली महत्वपूर्ण हुने बताए । सो अवसरमा यसको ‘डेमो’समेत गरेर देखाइएको थियो ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ३ : ५० बजे

साफ यू–१९ महिला च्याम्पियनसिप : नेपाल भारतसँग पराजित

कास्की – पोखरामा आजदेखि सुरु भएको साफ यू–१९ महिला च्याम्पियनसिप

विपद्का १४ मध्ये १२ वटा आगलागी र डढेलोका घटना

काठमाडौं – पछिल्लो २४ घण्टामा विभिन्न विपद्का १४ घटनामध्ये १२

डिजेल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौं – नेपाल आयल निगमले डिजेलरमट्टितेको मूल्य बढाएको छ ।

सङ्खुवासभाको चैनपुरमा खुकुरी प्रहार गरी एक जनाको हत्या

सङ्खुवासभा – सङ्खुवासभाको चैनपुर नगरपालिका–१० स्थित इखम्बुमा खुकुरी प्रहार गरी

गोसाइँकुण्डमा बरफ जमेपछि सावधानी अपनाउन आग्रह

रसुवा – रसुवाको पवित्र तीर्थस्थल गोसाइँकुण्ड क्षेत्रमा बढेको चिसोका कारण