कृषिमा काम गर्ने सहकारीलाई प्रदेश ५ सरकारले अनुदान दिने « Khabarhub

कृषिमा काम गर्ने सहकारीलाई प्रदेश ५ सरकारले अनुदान दिने


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- प्रदेश नं ५ को भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले प्रदेशका कुनै पनि सहकारी संस्थाले कृषिका लागि काम गर्न चाहेमा अनुदान दिने बताएकी छन् ।

भीमदत्त पन्तको ६६औँ स्मृति दिवस तथा किसान शहीद दिवसका अवसरमा आज (शुक्रबार) तुलसीपुरमा अखिल नेपाल किसान महासङ्घ प्रदेश ५ ले आयोजना गरेको कार्यक्रममा पौडेलले कृषि समृद्धिको महत्वपूर्ण आधार भएकाले प्रदेश सरकारले प्राथमिकतामा राखेको बताइन । उनले कृषिमा काम गर्ने सहकारीलाई ५० प्रतिशत अनुदान दिने बताइन । यसले प्रदेशको कृषि उत्पादन वृद्धि गर्न मद्दत गर्ने उनको भनाइ थियो ।

‘प्रदेश सरकारले कृषिलाई समृद्धिको आधार मानेर प्राथमिकताका साथ अगाडि बढाएको छ’, उनले भनिन् ‘कृषिमा काम गर्ने सहकारीलाई ५० प्रतिशत अनुदान दिने व्यवस्था गरेका छौं।’ उहाँले प्रदेशका गरीबीको रेखामुनी रहेका १७ हजार बालबालिकालाई दिने गरी प्रदेश सरकार अघि बढेको बताइन्।

किसानले उत्पादन गरेको तरकारीले उचित मूल्य नपाएकाले उक्त समस्या समाधान गर्न प्रदेश सरकार लागिपरेको उनको भनाइ थियो । विपन्न समुदायका किसानलाई ९० प्रतिशतसम्म अनुदान दिइने मन्त्री पौडेलले बताइन् ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  ९ : ४१ बजे

सीको जोड : बलियो सेना, भ्रष्टाचार नियन्त्रण र ताइवानसँग एकीकरण

बेइजिङ- चिनियाँ राष्ट्रपति सी जिनपिङले देशको रक्षा क्षमता थप सुदृढ बनाउने,

सञ्चारमन्त्रीसँग नेपालका लागि अस्ट्रेलियाका राजदूतद्वारा शिष्टाचार भेटवार्ता

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग नेपालका लागि अस्ट्रेलियाका

सार्वजनिक खरिदको नयाँ विधेयकमा ३० प्रतिशत कमको प्रस्ताव अमान्यदेखि श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध गर्नुपर्नेसम्म

काठमाडौं– नेपालको विकास निर्माण तथा सार्वजनिक खरिदको मेरुदण्ड मानिने सार्वजनिक

पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो : निगम

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणमा देखिएको समस्या

राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँ : मन्त्री पौडेल

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले राष्ट्रिय ध्वजावाहक