कृषिमा काम गर्ने सहकारीलाई प्रदेश ५ सरकारले अनुदान दिने | Khabarhub Khabarhub

कृषिमा काम गर्ने सहकारीलाई प्रदेश ५ सरकारले अनुदान दिने


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- प्रदेश नं ५ को भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले प्रदेशका कुनै पनि सहकारी संस्थाले कृषिका लागि काम गर्न चाहेमा अनुदान दिने बताएकी छन् ।

भीमदत्त पन्तको ६६औँ स्मृति दिवस तथा किसान शहीद दिवसका अवसरमा आज (शुक्रबार) तुलसीपुरमा अखिल नेपाल किसान महासङ्घ प्रदेश ५ ले आयोजना गरेको कार्यक्रममा पौडेलले कृषि समृद्धिको महत्वपूर्ण आधार भएकाले प्रदेश सरकारले प्राथमिकतामा राखेको बताइन । उनले कृषिमा काम गर्ने सहकारीलाई ५० प्रतिशत अनुदान दिने बताइन । यसले प्रदेशको कृषि उत्पादन वृद्धि गर्न मद्दत गर्ने उनको भनाइ थियो ।

‘प्रदेश सरकारले कृषिलाई समृद्धिको आधार मानेर प्राथमिकताका साथ अगाडि बढाएको छ’, उनले भनिन् ‘कृषिमा काम गर्ने सहकारीलाई ५० प्रतिशत अनुदान दिने व्यवस्था गरेका छौं।’ उहाँले प्रदेशका गरीबीको रेखामुनी रहेका १७ हजार बालबालिकालाई दिने गरी प्रदेश सरकार अघि बढेको बताइन्।

किसानले उत्पादन गरेको तरकारीले उचित मूल्य नपाएकाले उक्त समस्या समाधान गर्न प्रदेश सरकार लागिपरेको उनको भनाइ थियो । विपन्न समुदायका किसानलाई ९० प्रतिशतसम्म अनुदान दिइने मन्त्री पौडेलले बताइन् ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  ९ : ४१ बजे

चितवन कांग्रेस विद्युतीय हाजिरीमा अभ्यस्त

चितवन – नेपाली कांग्रेस पार्टी कार्यालय चितवनले पार्टीका जिल्ला नेताहरूका

मलेसियामा जीबीलाई दश दिनसम्म खोजेर रित्तै फर्किएको थियो प्रहरी टोली

काठमाडौं – गोरखा मिडिया नेट्ववर्कका अध्यक्ष गितेन्द्रबाबु राईलाई नेपाल प्रहरीको

‘म ०७४ मै उठेको भए बालेन्द्र आउने थिएनन्’

काठमाडौं- देशमा संविधान दिवसको उत्सव चलिरहँदा यो साता केही चिरपरिचित

भारतविरुद्ध बङ्गलादेश पहिलो इनिङ्गमा १४९ रनमा अलआउट

काठमाडौं– भारतविरुद्धको पहिलो टेस्टमा बङ्गलादेश १४९ रनमा अल आउट भएको

जलवायु वित्त सार्वजनिक स्रोतबाटै ल्याउन दबाब दिन जनमार्च

काठमाडौं – विभिन्न जलवायु सम्बद्ध २४ संघसंस्थाले शनिबार (भोलि) जलवायु