अपराजित पुलिसको आठौँ जित, लुम्बिनी १ सय ३ रनले पराजित « Khabarhub

अपराजित पुलिसको आठौँ जित, लुम्बिनी १ सय ३ रनले पराजित


१७ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशमाथि १ सय ३ रनको फराकिलो जित निकालेको छ ।

मुलपानी क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित ३८ ओभरमा सबै विकेट गुमाएर २ सय ४५ रन बनाएको थियो ।

मौसमका कारण ३८ ओभरमा छोट्टाइएको खेलमा पुलिसका आरिफ शेखले ७६ रन बनाए । ओपनर कुशल भुर्तेलले ४८ रन बनाउँदा करण केसीले आक्रामक अर्धशतक पूरा गरे । उनले २७ बलमा ५ चौका र ५ छक्काको मद्दतमा ५७ रन बनाए ।

लुम्बिनीका नर सार्कीले ४ विकेट लिँदा वीर मगरले ३ र कृष्ण कार्की र अभिषेक गौतमले समान १-१ विकेट लिए ।

२४६ रनको लक्ष्य पछ्याएको लुम्बिनी ३६.३ ओभरमा १ सय ४२ रनमा अलआउट भयो । लुम्बिनीका दिलसाद अलिले ३६ र नर सार्कीले ३१ रन बनाउनु बाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् ।

पुलिसका कुशल भुर्तेलले ३ र करण केसीले २ विकेट लिए । ललित राजवंशी, सागर ढकाल, रासिद खान र रोशन भुसालले समान १-१ विकेट लिए ।

यसअघि नै प्रधानमन्त्री कपको फाइनलमा प्रवेश गरेको पुलिसको यो प्रतियोगितामा लगातार आठौँ जित हो ।

 

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ५ : २४ बजे

पोखरामा ग्यास आपूर्ति निरन्तर, अभाव भने कायमै

कास्की– विभिन्न कम्पनीले नियमितरुपमा ग्यास बजारमा पठाइरहेको दाबी गरिरहँदा पोखरामा

सञ्चारमन्त्रीको निर्देशनपछि टेलिफोन र इन्टरनेट सामग्री सेनाको हेलिकप्टरबाट ढुवानी

काठमाडौँ – बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल बडीमालिका क्षेत्रमा टेलिफोन

सुनको मूल्य तोलामा पाँच हजार दुई सय रुपैयाँले बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य तोलामा पाँच हजार दुई

ग्लोबल आइएमई बैंकको नाइमा अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमा अटो लोन 

काठमाडौं– ग्लोबल आइएमई बैंकले नाइमा अटो एक्सपोको अवसरमा अटो लोन योजना

१६ कानुनी र प्रशासनिक जटिलता हटाउन संघीय सरकारको ध्यानाकर्षण गराइने

पोखरा– गण्डकी प्रदेश सरकारले विकास निर्माण र अधिकार क्षेत्रमा देखिएका