तेश्रो किसुनजी स्मृति हाफ म्याराथन चैत्र १७ मा « Khabarhub

तेश्रो किसुनजी स्मृति हाफ म्याराथन चैत्र १७ मा


१७ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशको आयोजनामा तेश्रो किसुनजी स्मृति राष्ट्रिय महिला तथा पुरुष खुल्ला हाफ म्याराथन प्रतियोगिता आगामी चैत्र १७ गते हुने भएको छ । 

नेपाल लोकतान्त्रिक खेलकुद संघ, वाग्मती प्रदेशले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उक्त जानकारी गराएको हो । नेपाली कांग्रेसका संस्थापक नेता एवं पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको (किसुनजी) को स्मृतिमा संघले तेश्रो पटक प्रतियोगिता आयोजना गर्न लागेको हो ।

प्रतियोगिताका विजयी खेलाडीहरूले नगद ७५ हजार, उपविजयी खेलाडीहरूले नगद ५० हजार र तेश्रो स्थान प्राप्त गर्ने खेलाडीहरूले नगद २५  हजार प्राप्त गर्ने छन् । यसपटक विद्यार्थी लगायत सबैको लागि ५ किलोमिटर महिला तथा तथा पुरुष दौड राखिएको छ । जसमा प्रथम हुनेलाई १५ हजार, दोश्रो हुनेलाई १० हजार र तेश्रो हुनेलाई ५ हजार पुरस्कार  प्रदान गरिने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा अध्यक्ष दीपक गुरुङले प्रतियोगिताको कुल अनुमानित बजेट १७ लाख २५ हजार रहको जानकारी दिए । प्रतियोगिताको रुट गोल्फुटार बास्केटबल कोर्टबाट सुरु भई धुम्बाराही चोक, सुकेधारा, चाबहिल, जयबागेश्वरी, गौशाला, रातोपुल, ज्ञानेश्वर, कमलपोखरी, केशरमहल, लैनचौर, नारायणगोपाल चोक, गोल्फुटार, नारायणथान हुँदै पुन गोल्फुटार बास्केटबल कोर्ट पुगेर समापन हुने आयोजकले जनाएको छ । 

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ६ : ०३ बजे

भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम– मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो दुई

कांग्रेसको १५औँ महाधिवेशनको सबै तयारी पूरा

काठमाडौं- नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले

तस्बिरमा प्रतिनिधिसभाका ६ महिना : शपथ र घम्साघम्सीदेखि बालेन–हर्कको अंकमालसम्म

काठमाडौं – प्रतिनिधिसभाका सांसदले शपथ लिएको ६ महिना पूरा भएको छ ।

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका