पक्राउ परेका विप्लवका नेता पाटी छोड्ने कागज गर्दै, रिहा हुँदै « Khabarhub

पक्राउ परेका विप्लवका नेता पाटी छोड्ने कागज गर्दै, रिहा हुँदै


१८ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विप्लव समूहका कार्यकर्ता पाटी छोड्ने लिखित कागज गर्दै हिरासतबाट छुट्ने गरेका छन् । जिल्लाका पक्राउ परेकामध्ये तीन जनाले विप्लव समूह छोड्ने लिखित कागज गदै छुट्ने गरेको प्रहरीले जनाएको छ ।

सरकारले प्रतिबन्ध लगाउनु अघि समूहमा सक्रिय रहेका विप्लव समूहका कार्यकर्ता प्रतिबन्धपछि पनि विभिन्न गैरकानूनी क्रियाकलापमा संलग्न भएको भन्दै प्रहरीले पक्राउ गर्दै आएको छ । उनीहरु पक्राउ परेपछि कम्तीमा दुई हप्ता हिरासत बसेर विप्लव समूह छाड्ने कागज गर्दै रिहा हुने गरेका छन् ।

विप्लवका कार्यकर्ता छुटाउने नेपाली काङ्ग्रेसका नेताको ठूलो दौडधुप हुने गरेको छ । विप्लव समूहका डोल्पा इञ्चार्ज भन्दै पक्राउ परेका वीरबहादुर खड्का पाटी छोड्ने कागज गरेर रिहा भएका थिए । त्यस्तै छेडागाड इञ्चार्ज कैलास पुन, भेरी ब्यूरो सदस्य हरिचन्द्र जैसीलगायतका नेता तथा कार्यकर्ता कागज गर्दै रिहा भएका हुन् ।

विप्लव समूहको गैरकानूनी क्रियाकलापमा संलग्न नहुने र संविधान मान्ने भन्ने उल्लेख गरी उनीहरु छुटेका छन् । त्यस्तै भेरी ब्यूरो सदस्य जैसीले सत्तारुढ दल (नेकपा)मा प्रवेश नै गरेका छन् । अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रेम शाहीलाई काठमाडौँमा पक्राउ परेलगत्तै जाजरकोट पुर्‍याइएको थियो ।

पक्राउपछि शुक्रबार स्वतन्त्र जीवनयापन गरी बस्ने भनी रिहा हुने मौखिक सहमति भए पनि अन्तिम चरणमा आइपुग्दा नेपाल कम्युनिष्ट पाटीसँग आस्था राखे पनि गैरकानूनी क्रियाकलाप नगर्ने भन्ने वाक्यमा कुरा नमिल्दा रिहा हुन सकेनन् । अन्य अहिले दुई जना विप्लव कार्यकर्तासमेत हिरासतमै रहेका छन् । कागज गरेर छुटेलगत्तै विप्लव समूहका कार्यकर्ता के गरिरहेका छन् भन्ने कुरा सुक्ष्म अनुगमन भइरहेको प्रहरी प्रमुख श्याम खत्रीले बताए।

प्रकाशित मिति : १८ श्रावण २०७६, शनिबार  ७ : ०४ बजे

अधुरै बन्यो २४ वर्षदेखिको विश्वकप उपाधिको खडेरी तोड्ने ब्राजिलको सपना

काठमाडौँ – २४ वर्षदेखिको विश्वकप उपाधि खडेरी तोड्ने लक्ष्यका साथ

पाँच पटकको विजेता ब्राजिलमाथि नर्वेको सनसनीपूर्ण जित, हालान्डको दुई गोल

न्युयोर्क – स्टार स्ट्राइकर एर्लिङ हालान्डले खेलको अन्तिम समयमा दुई

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका