‘नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पो’ आजदेखि सुरु  « Khabarhub

‘नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पो’ आजदेखि सुरु 


१८ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरूका बारेमा जानकारी दिने उद्देश्यका साथ ‘नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पो’ बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ । 

मिडिया स्पेस सोलुसन्स प्रा.लि.फ्युचरएक्स ट्रेड फेर एण्ड इभेन्ट्सको संयुक्त आयोजनामा काठमाडौंको भृकुटिमण्डपमा सुरु एक्स्पोको अर्थमन्त्री डा प्रकाशशरण महतले उद्घाटन गरे  । चार दिनसम्म चल्ने मेलामा विभिन्न देशका ३ सय भन्दा बढि ख्याति प्राप्त ब्रान्डहरू का १५० भन्दा बढि स्टल रहेको आयोजकले जनाएका छन् । 

मेलाको उद्घाटन गर्दै अर्थमन्त्री महतले बिभिन्न उत्पादनहरू उपभोक्ताहरूलाई बुझ्न एक्स्पोमार्फत सहज हुने विश्वास व्यक्त गरे । नेपालको बजारमा विदेशी उत्पादनको कारखाना स्थापना गर्न पनि यस्ता एक्स्पोले उत्प्रेरित गर्ने उनले बताए ।

एक्स्पोमा निर्माण सामग्री, निर्माण मेसिनरी, निर्माण उपकरण, आवास कम्पनी, अपार्टमेन्ट कम्पनी, आर्किटेक्चरल हार्डवेयर, वाथरूम फिटिङ्स, पाइप, टाइल र सेनेटरी वेयर, पावर औजार, कंक्रिट ब्लक मेसिनरी उत्पादक, मटेरियल ह्यान्डलिङ उपकरण, एल्युमिनियम कम्पोजिट प्यानल आदिको सहभागिता रहेको आयोजकले जनाएको छ । 

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार  ३ : ३६ बजे

होल्डिङ सेन्टरबाट पनि लखेटिँदै सुकुम्वासी, उचित व्यवस्थापनको विकल्पबिना ठाउँ नछाड्ने अडान

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित होल्डिङ सेन्टरका सुकुम्वासीले दीर्घकालीन समाधानबिना हटाउन खोजिएको

दोलखाका ९ वटै स्थानीय तहले ल्याए बजेट : कुन पालिकाको कति बजेट ?

दोलखा– जिल्लाका दुई नगरपालिका र सात गाउँपालिकासहित ९ वटै स्थानीय

ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४८ करोडको बजेट

काठमाडौं– ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षलागि ७ अर्ब ४८ करोड

राजनीतिक व्यक्तित्वमाथिको धरपकडले देशलाई अन्तर्द्वन्द्वतर्फ धकेल्न सक्छ : झलनाथ खनाल

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ

चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा उम्मेदवारले प्रचारका क्रममा