प्रधानमन्त्री कप क्रिकेट : पुलिसले सुदुरपश्चिमलाई हरायो « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : पुलिसले सुदुरपश्चिमलाई हरायो


१८ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विभागीय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाइ हराउदै विजयी भएको छ ।

मुलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले सुदुरपश्चिम प्रदेशलाई ७० रनले पराजित गर्दै प्रतियोगितामा नवौँ जित दर्ता गराएको छ ।

यस जितसँगै पुलिसले ९ खेलबाट १८ अङ्क जोडेको छ । पुलिस अङ्क तालिकाको शीर्ष स्थानमा छ । समान नौ खेल नै खेलको त्रिभुवन आर्मी क्लब १४ अकका साथ अङ्क तालिकाको दोस्रो स्थानमा छ । यही माघ २० गते हुने फाइनल खेलमा पुलिस र आर्मी प्रतिस्पर्धा गर्नेछन् ।

सुरुवाती ब्याटिङ गरेको पुलिसले एक सय ९९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा सुदुरपश्चिम ३७ दशमवल १ ओभरमा सबै विकेट गुमाउदै एक सय २० रनमा समेटियो । सुदुरपश्चिमा गजेन्द्र बोहराले सर्वाधिक ३० रन बनाए भने किरण ठगुन्नाले २४ रन जोडे । त्यसैगरी नरेन साउदले २४ रन बनाएका थिए ।

बलिङतर्फ पुलिसका दीपेन्द्र सिंह ऐरीले सात विकेट लिए भने ललित भण्डारी, सागर ढकाल र ललित राजवंशीले समान एकरएक विकेट लिएका थिए । त्यसअघि टस जितेर ब्याटिङ गरेको पुलिसले ४७ दशमलव ५ ओभरमा सबै विकेट गुमाउदै एक सय ९८ रनको योगफल बनाएको थियो ।

पुलिसका लागि शङ्कर रानाले सर्बाधिक ४६ रनको योगदान दिए । कप्तान दीपेन्द्रसिंह ऐरीले ४४ रन बनाएभने अर्जुन साउदले ३२ तथा आरिफ सेखले २६ रन जोडेका थिए । सुदूरपश्चिमका शेर मल्लले तीन विकेट लिए भने नारायण जोशी, विकाश अग्री र मिलन बोहोराले समान दुई दुई विकेट लिएका थिए ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार  ८ : २८ बजे

‘पिकअप भ्यान’ सहित १७६ किलो गाँजा बरामद

वीरगञ्ज– एक सय ७६ किलोग्राम गाँजा बोकेको पिकअप भ्यानसहित पर्सा

एमाले महाधिवेशन : सुरु भयो मतदान

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि

बुटवलमा औद्योगिक प्रदर्शनी बुधबारदेखि, तयारी पूरा

लुम्बिनी– रुपन्देहीमा हुने १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ– माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन गरिएको

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं– नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको तथा