टालटुले हैन, दिगो समाधान पहिल्याउन आवश्यक छ : महान्त्री थापा « Khabarhub

टालटुले हैन, दिगो समाधान पहिल्याउन आवश्यक छ : महान्त्री थापा


१८ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनताका समस्या अब टालटुले ढङ्गले नभइ दिगो समाधान पहिल्याउन आवश्यक भएको बताएका छन् ।

आज महोत्तरीमा ‘समुदायमा कांग्रेस’ र ‘हुलाकी राजमार्ग संवाद’ अभियानमा सरिक भएका नेता थापाले मुलुकको राजनीतिक स्थायित्व र समृद्धिका लागि जनताले कांग्रेसप्रति आशा गरेका बताए ।

“म झापाबाट अभियानमा सरिक हुँदै महोत्तरी आइपुगेको छु, जनताका समस्या सुनेको छु, विद्यमान राजनीतिले समाधान नदिने जनताले बताएका छन्” महामन्त्री थापाले भने, “संविधानभित्रका महिला, दलित र अन्य आरक्षण क्षेत्रको ‘समावेसी व्यवस्था’ राजनीतिक प्रतिनिधित्व नभइ ठूलाबडा नेताका घरपरिवारको बन्दोबस्त मिलाउने ठाउँ बन्यो भन्ने असन्तोष छ ।”

कांग्रेसले मधेसका जनता, पार्टीका नेता कार्यकर्तामा देखिएको असन्तोष चिर्दै अघि बढ्ने उनले दृढता जनाए । प्रतिनिधिसभाका सदस्यसमेत रहनुभएका महामन्त्री थापाले मुलुकको बजेट अर्थमन्त्री र ठूलाबडा नेता, पूर्वप्रधानमन्त्रीको तजविजमा बन्ने अवस्था अन्त्य गरी यसलाई संस्थागत र खास प्रक्रियाबाट अघि बढाउने प्रयत्न आफूबाट भइरहेको उल्लेख गरे ।

महामन्त्री थापाले आज महोत्तरीका भ्रमरपुरा (लोहारपट्टी नगरपालिका), कारिखमहाराजस्थान पडौल (बलवा नपा) र भोलही (मनराशिशवा नगरपालिका) मा पार्टीका अगुवा नेता र सर्वसाधारण जनतासँग दोहोरो संवाद गरे ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार  ९ : ५२ बजे

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ

प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

ललितपुर- राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन