सिरिया र इराकमा इरानी लक्ष्यहरूमाथि आक्रमण गर्ने अमेरिकाको तयारी   « Khabarhub

सिरिया र इराकमा इरानी लक्ष्यहरूमाथि आक्रमण गर्ने अमेरिकाको तयारी  


१९ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इरान र अमेरिकाबीचमा जारी तनावको बेला अमेरिकाले इराक र सिरियामा इरानी लक्ष्यहरूमा आक्रमणहरूलाई अनुमति दिएको छ। 

अमेरिकाले सिरिया र इराकमा इरानी लक्ष्यहरूमाथि आक्रमण गर्ने योजनालाई अनुमोदन गरेको अधिकारीहरूले बताएका हुन ।

योसँगै केही दिनदेखि चलिरहेको अनुमानको अन्त्य भएको छ । उल्लेखनीय छ कि जोर्डनमा ड्रोन आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु भएको थियो। त्यसपछि अमेरिकाले कहिले बदलाको कारबाही गर्छ भन्ने अड्कलबाजी गरिएको थियो ।

आइतबार जोर्डनको एक बेसमा ड्रोन आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु भएको थियो। अमेरिकी राष्ट्रपति जो बाइडेनले यस हमलाको लागि इरान समर्थित आतंकवादीलाई दोष दिएका थिए र कडा कारबाही गर्ने कुरा गरेका थिए। उनले यस विषयमा तथ्य संकलन गरिरहेको बताए । ‘हामीलाई थाहा छ कि यो सिरिया र इराकमा सक्रिय कट्टरपन्थी इरान समर्थित आतंकवादी समूहहरूले गरेको हो’ उनले भनेका थिए ।

ह्वाइट हाउस नेशनल सेक्युरिटी काउन्सिलका रणनीतिक सञ्चार संयोजक जोन किर्बीले आक्रमणमा ३० भन्दा बढी अमेरिकी सैनिक पनि घाइते भएको र अस्पताल भर्ना गरिएको बताएका थिए । 

किर्बीले भने, ‘हामी अर्को युद्ध चाहँदैनौं। हामी तनाव बढाउन चाहँदैनौं तर हामी निश्चित रूपमा यस क्षेत्रमा आफ्नो रक्षा गर्न, यो मिसन जारी राख्न र यी आक्रमणहरूको उचित जवाफ दिनको लागि आवश्यक पर्ने सबै गर्नेछौं। ,

-न्युज एजेन्सी

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ८ : ०० बजे

‘धुरन्धर’ बन्यो रणवीर सिंहको करियरकै सबैभन्दा सफल फिल्म

काठमाडौँ — बलिउड अभिनेता रणवीर सिंहको पछिल्लो फिल्म ‘धुरन्धर’ प्रदर्शनको

राष्ट्रपतिसँग जदूत छन सङको बिदाइ भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन सङले

रमेश लेखकलाई बयानमा बोलायो आयोगले, केपी ओलीलाई बाँकी

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा

बुहारीमाथि आगो लगाइ हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ

कमलामाई– पेट्रोल छर्केर आगो लगाइ बुहारीको हत्या गरेको अभियोगमा सासु

सीमा वार्ता मलेसियामा सार्न कम्बोडियाको आग्रह

एजेन्सी- कम्बोडियाले थाइल्यान्डसँगको सीमा विवादसम्बन्धी वार्ता तटस्थ स्थान मलेसियाको क्वालालम्पुरमा