क्षयरोग मुक्त नेपालका लागि जनचेतना आवश्यक : मन्त्री बस्नेत « Khabarhub

क्षयरोग मुक्त नेपालका लागि जनचेतना आवश्यक : मन्त्री बस्नेत


१९ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले क्षयरोग मुक्त नेपालका लागि औषधीउपचारका साथै जनचेतना आवश्यक रहेको बताएका छन् ।

शुक्रबार सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा आयोजित क्षयरोग मुक्त नेपाल अभियान अन्तर्गत दोश्रो चरणको कार्यक्रम शुभारम्भ गर्दै बस्नेतले घर घरमा पहुँच हुने स्थानीय सरकारले क्षयरोग मुक्त नेपाल बनाउनका लागि जनचेतना फैलाउनुपर्ने बताएका हुन् ।

 करिव ८ अर्ब स्वास्थ्य क्षेत्रमा ग्लोबल फन्डबाट पैसा आउने गरेको भन्दै यसको सदुपयोग गर्नेमा आफूले जोड दिएको उनले बताए । उनले स्वास्थ्य क्षेत्रमा आफूले राम्रो काम गर्दा सफल हुन नदिने षड्यन्त्र भएपनि आलुलाई प्रधानमन्त्री लगायत सबैको साथ रहेकाले निरन्तर सुधारका काममा अघि बढ्ने जिकिर गरे ।

मन्त्री बस्नेतले पहुँचका भरमा सधैँभरि सुविधा सम्पन्न अस्पतालमा बस्ने व्यवस्थालाई अन्त्य गरि ८ सय बढि चिकित्सकहरूलाई दुर्गम क्षेत्रमा उपचार सेवा प्रदान गर्न पठाइएको धारणा राखे ।

त्यसअघि स्वास्थ्य मन्त्री बस्नेतले शुक्रबार नै सिन्धुपाल्चोकस्थीत चौतारा अस्पतालको निरीक्षण गरेका थिए । सो क्रममा उनले सर्वसाधारणको उपचारमा कमी हुन नदिने गरि काम गर्न निर्देशन दिएका थिए ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  १२ : १७ बजे

कर्णाली र जुम्लालाई हेप्ने प्रवृत्तिविरुद्ध राजनीतिक लडाइँ जारी छ : ज्ञानेन्द्र शाही

सुर्खेत- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले कर्णालीको राजनीतिक लडाइँ

यस्ता छन् गगन थापाले देखेका यातायात सुधारका योजनाहरू

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सार्वजनिक यातायात सुधारका प्रारम्भिक

महाशिवरात्रि पर्वको तयारी अन्तिम चरणमा

काठमाडौं – महाशिवरात्रिलाई लक्षित गर्दै पशुपतिनाथ मन्दिर क्षेत्रमा तयारी अन्तिम

प्रधानमन्त्री कार्कीद्वारा बङ्गलादेश सरकार र जनतालाई बधाई

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले १३औँ संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न

सहकारीको बचत फिर्ता गराइदिन माग गर्दै चितवनमा कांग्रेस उम्मेदवारलाई ज्ञापनपत्र

चितवन– चितवनका सहकारीपीडितहरूले आफ्नो बचत रकम फिर्ताका लागि पहल गरिदिन