उपनिर्वाचनको टुङ्गो आगामी हप्ता लाग्छ : आयुक्त थपलिया   « Khabarhub

उपनिर्वाचनको टुङ्गो आगामी हप्ता लाग्छ : आयुक्त थपलिया  


१९ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोग वैशाखमा हुने उपनिर्वाचनको आन्तरिक तयारीमा जुटेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आगामी हप्ता नै यसको टुङ्गो लाग्ने बताए ।

थपलियाले आउँदो हप्ता उपचुनावको प्रस्ताव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राख्ने जानकारी दिए । उनले खबरहबसँग भने, ‘तीनै तहको उपनिर्वाचन एकै पटक हुन्छ । विवरण संकलनको काम भइरहेको छ । कति बजेट र सुरक्षा लाग्छ, मतदाता नामावली अद्यावधिक गर्ने काम पनि हुन्छ । आउँदो हप्ता सबै तयारी गरेर सरकारलाई भेट्छौँ । त्यसपछि कुरा अगाडि बढ्छ ।’

हाल प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद सुवास नेम्वाङको क्षेत्रमा उपनिर्वाचन हुने छ । यस्तै, सुदूरपश्चिममा असार ६ गते कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परेर मृत्यु भएको थियो । उनको क्षेत्र बझाङ १ क मा पनि उपनिर्वाचन हुने छ ।

हालसम्मको नतिजाअनुसार यी सँगै स्थानीय तहका २३ क्षेत्रमा उपनिर्वाचन हुने आयोगको तथ्यांक छ ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  १ : ०७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै