सभामुख घिमिरेले बोलाएको सचेतकहरुको बैठक जारी « Khabarhub

सभामुख घिमिरेले बोलाएको सचेतकहरुको बैठक जारी


१९ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सभामुख देवराज घिमिरेले बोलाएको संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक तथा सचेतकहरुको बैठक सुरु भएको छ ।

संसदको हिउँदे अधिवेशनबारे छलफल गर्न सभामुख घिमिरेले प्रमुख सचेतक तथा प्रमुख सचेतकहरुको बैठक बोलाएका हुन् । सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सभामुख घिमिरेले बैठक बोलाएका हुन् ।

बैठकमा सबै पार्टीका सचेतकहरुको उपस्थिती रहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिए । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले २२ माघ अपरान्ह ४ बजे संघीय संसदको अधिवेशन आह्वान गरेका छन् ।

सोही आह्वानअनुसार संघीय संसद सचिवालयले १० दिनअघि १० माघमै सूचना जारी गरेर २२ माघ सोमबार अपरान्ह ४ बजे नयाँबानेश्वरस्थित संसद भवनमा उपस्थित हुन सांसदहरुलाई अनुरोध गरेको थियो ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ४ : ४६ बजे

मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण

दमौली– मुग्लिन पोखरा सडकखण्डअन्तर्गत व्यास नगरपालिका–४ र ५ स्थित मादी नदीमा

खेतीयोग्य बारी बाझिँदै गएपछि बागलुङमा कोदो उत्पादन घट्यो

ढोरपाटन– खेतीयोग्य बारी बाझिँदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो

नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन् : अर्थमन्त्री खनाल

ललितपुर– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले नागरिकलाई अधिकार सम्पन्न बनाउँदा सरकार कमजोर

अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य

काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले नेपालको अर्थतन्त्रको विकासमा