बाँसबारी छालाजुत्ता कारखानामा जग्गा प्रकरणमा फाइदा लिन कम्पनी खडा गरिएको खुलासा « Khabarhub

बाँसबारी छालाजुत्ता कारखानामा जग्गा प्रकरणमा फाइदा लिन कम्पनी खडा गरिएको खुलासा


१९ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा फाइदा लिन च्याम्पियन फुटवेयर नामक कम्पनी खडा गरेको पाइएको छ ।

उक्त प्रकरणका बिषयमा जानकारी दिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कानून विपरीत आफूलाई फाइदा लिनका लागि तत्कालिन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापाले च्याम्पियन फुटवेयर नामक कम्पनी खडा गरेको पाइएको जनाएको हो ।

सो कम्पनीको जारी पूँजी ५० लाखको २५ प्रतिशत शेयर लिने गरि क्यानभास जुत्ता उत्पादन गर्ने भन्दै कारखानाको नाममा श्रेस्ता कायम रहेको १८ रोपनी जग्गामध्येबाट १० रोपनी जग्गाको हक समेत हस्तान्तरण गरेको सीआईबीले जनाएको छ ।

सम्झौताबमोजिम रु १२ लाख पचास हजार लगानी गर्नुपर्नेमा कारखानाको तर्फबाट रु २६ लाख बराबरको लगानी गरि सरकारलाई हानी नोक्सानी पुर्‍याइ आर्थिक लाभ लिएको देखिएको सीआईबीका एसएसपी दिनेश आचार्यले बताए ।

२०५२ सालमा च्याम्पियन फुटवेयरको २५ प्रतिशत शेयर अरुण चौधरीले किनेपछि २०५४ पुस ४ गते प्राइभेट कम्पनीमा लगिएको उनले जानकारी दिए । प्राइभेट कम्पनीमा रुपान्तरण भएपछि सरकारी जग्गा व्यक्तिको नाममा रुपान्तरण भएको र कम्पनीको नाम समेत परिवर्तन गरि सिजी चाँदबाग रेसिडेन्सी बनाइएको आचार्यले बताए ।

हाल उक्त जग्गा चाँदबाग स्कुलकै नाममा रहेको सीआईबीले जनाएको छ । उक्तजग्गा हिनामिना प्रकरणमा व्यवसायी अरुण चौधरी, तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा र सञ्जय ठाकुर पक्राउ परेका छन् । पक्राउ परेका तीनै जनाविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २४९ र २७६ बमोजिमको कसुरमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

सीआइबीले किन समात्यो अरुण चौधरीलाई ?

अरुण चौधरी को हुन् ?

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ६ : ०४ बजे

इभीमा आगलागी, चालकको मृत्यु

चितवन– भरतपुर महानगरपालिका–९ पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा त्यसका

सहिद परिवारलाई मल्हम लगाउँदै नेपालगन्ज उपमहानगरपालिका

राँझा– जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगन्जका जेन-जी सहिदको सम्मान

भोटेकोशी बाढी : फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

बागलुङ– भोटेकोशी बाढीपछि बेपत्ता इन्जिनियर दम्पती र उनीहरूका दुई सन्तान

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

नुवाकोट– यही भदौ १० गते भोटेकोशीमा नदीमा आएको बाढीले नुवाकोटको

गोकर्णेश्वरमा पितृभक्तको घुइँचो

काठमाडौं– काठमाडौँ उपत्यकाको प्रर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर वरपर