प्रतिबन्ध खुलाउन टिकटकको लबिङ | Khabarhub Khabarhub

प्रतिबन्ध खुलाउन टिकटकको लबिङ


१९ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत कार्तिक २७ गतेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सञ्जाल टिकटकलाई नेपालभित्र प्रयोगका लागि प्रतिबन्ध लगाइएको थियो । टिकटकले आफ्नो पक्षमा वातावरण बनाउन लबिङ शुरु गरेको छ ।

सरकारले टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर पारेको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।

सरकारको सो निर्णयका विरुद्धमा सर्वोच्च अदालतमा मुद्दा परेसँगै सर्वोच्चले समेत सरकारको नाममा कारण देखाउ आदेश दिएको छ । तर टिकटकले भने नेपाली सरोकारबालाहरुसँग सहकार्य गर्ने र लबिङको कार्य तीव्र बनाएको छ ।

सरकारी अधिकारीहरुले टिकटकमाथि लागेको प्रतिबन्धका बारेमा कुरा गर्न नचाहेकाले टिकटकको प्रयास सफल हुन नसकेको स्रोतले बताएको छ ।

यसैगरी टिकटकले सामाजिक अभियन्ता, मानवअधिकारवादी, संचारमाध्यमका प्रतिनिधिहरु लगायत सरोकारबालाहरुसँग समेत छलफल र भेटघाट गरिरहेको बताइएको छ ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ७ : ५० बजे

हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मोहम्मद अफताब आलमको उपचारका क्रममा मृत्यु

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको मृत्युु भएको छ कात्तिक

आज २०८२ साल कात्तिक २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २२ गते शनिबार। मंसिर

हङकङ सिक्सेस: नेपाल दक्षिण अफ्रिकासँग भिड्दै

काठमाडौं – हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा